Pages

फैजान प्रकरण, प्रशासन घेराउ र ज्ञापन

बीरगंज २ कार्तिक/ फैजान अहमदका हत्यारालाई अविलम्ब पक्राउ गरि कारवाहि गर्नु पर्ने लगायत ९ सुत्रिय माग राख्दै इस्लामिक संघर्ष समिति पर्साले आज पर्साका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रिलाई ज्ञापन पत्र बुझाएको छ ।
ईस्लामिक महासंघका महासचिव अहमदको हत्या प्रकरणमा गठित संघर्ष समितिले प्रमुख जिल्ला अधिकारी तारानाथ गौतम मार्फत प्रधानमन्त्रि डा.बाबुुराम भट्टराईलाई ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्रमा स्वर्गिय फैजानलाई शहिद घोषणा गर्नु पर्ने, सृङ्खलाबद्धरुमा भईरहेका मुस्लिम समुदायका अगुवाहरुको हत्या आक्रमणबारे प्रतिवेदन सार्वजनिक गर्नु पर्ने, फैजानका सन्ततिको शिक्षादिक्षाको ग्यारेन्टी गर्नु पर्ने, शान्ति सुरक्षाका बारेमा सरकारले आगामि दिनको रणनिति र धारण सार्वजनिक गर्नुपर्ने लगायत ९ सुत्रिय माग संघर्ष समितिले अगाडि सारेको छ । ज्ञापन पत्र बुझदै प्रमुख जिल्ला अधिकारी गौतमले तत्कालै सम्बन्धीत ठाउमा मुस्लिम सामुदायको भावनालाई पुर्‍याईने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । ज्ञापन पत्र बुझाउनु अघि संघर्ष समितिले आज विहान १० बजे देखि सााढे एक घण्टा सम्म जिल्ल प्रसासन कार्यलयको मुल गेटमै धर्ना दिएको थियो । फैजान हत्याको विरोधमा मुस्लिम संघ संगठनले आज मुलुकै भरका जिल्ला प्रसासन कार्यालयमा ज्ञापन पत्र बुझाउनुका साथै धर्ना दिइएको हो ।

No comments:

Post a Comment