Pages

ब्रहमकुमारी द्वारा दुईदिने प्रशिक्षण तथा प्रवचन













वीरगंज २३ मंसिर/ ब्रहमकुमारी राजयोग सेवा केन्द्र वीरगंजले तनाव व्यवस्थापन एवं सकारात्मक जिवन शैली विषय दुईदिने प्रवचन शिविरको आयोजना गरेको छ । बाँकी समाचार.......
शिविरको उदघाटन ब्रहमकुमारी ईश्वरीय विश्वविद्यालय, माउण्ट आबु राजस्थान भारतका व्यक्तित्व विकास विशेषज्ञा एव प्रवचनकर्ता बालब्रहमचारिणी उषा दिदीले उदघाटन गर्नुभएको हो । शिविरमा व्यक्तित्व विकास विशेषज्ञा एव प्रवचनकर्ता बालब्रमचारिणी उषा दिदीले प्रातकालीन सकारात्मक जीवन शैत्री सत्र अन्तरगत योग द्धारा आन्तरिक शक्तिहरुको विकास, कर्मचको गहन गति जान्नाले स्वस्थ, सशक्त जीवन, तनावको कारण स्वास्थ्यमा पर्ने प्रभाव र निवारण मनोबल एवं आन्तरिक शक्तिहरुको विकासबारे आज प्रशिक्षण दिनुभएको छ । बालब्रमचारिणी उषा दिदीले भोली कालचक्रको गुह्य गतिको ज्ञानबाट चिन्तामुक्त जीवन र सकारात्मक चिन्तन र जीवनको उदेश्य बारे प्रशिक्षण दिनुहुने कार्यक्रम रहेको ब्रहमकुमारी राजयोग सेवा केन्द्रका क्षेत्रिय संचालिका रविना दिदीले बताउनु भयो । शिविरमा ब्रहमकुमारी राजयोग सेवा केन्द्र नेपालका निर्देशक राजयोग राज दिदी, सहनिर्देशक राजयोगनी किरण दिदी, जनकपुरका क्षेत्रिय संचालिका गंगा दिदी, वरिष्ठ राजयोगनी रामसिंह अ‍ैर, भारतीय महावाणिज्य दुतावास वीरगंजका महावाणिज्य दुत आशुतोष अग्रवाल लगायत शिविरमा करिब १ हजारको संख्याको सहभागिता रहेको छ ।

No comments:

Post a Comment