वीरगंज २३ मंसिर/ अपराधमुक्त समाज निर्माणको अभियानमा प्रहरीलाइ सहयोग गर्ने विद्यार्थीहरुले प्रतिबद्धता जनाएका छन । बाँकी समाचार.......
सुरक्षा र कानूनी शासनको सबलीकरणका लागि वीरगंजमा सन्चासलत तीन दिने विद्यार्थी जागरण अभियानमा सहभागी विद्यार्थीहरुले यस्तो प्रतिबद्धता जनाएका हुन । अभियानमा सहभागी एन्जल इन्टरनेशनल बोडिङ्ग स्कूलका छात्रा सुरक्षा सापकोटाले विद्यार्थीहरु समाज परिवर्तनका संबाहक भएकाले अपराधिक गतिविधी नियन्त्रणमा प्रहरीलाई सहयोग आफुहरु अग्रसर हुने बताउनु भयो । त्रिजुद्ध उच्च माध्यमिक विद्यालयका छात्र रुपेश कुमार गुप्ताले शान्ति सुरक्षा कायम गर्नका लागि विद्यार्थीहरु प्रहरीसंग हातेमालो गरि अघि बढनुपर्नेमा जोड दिनु भयो । उहाँले आफुले पनि कानून विरोधी काम नगर्ने र अरुलाइ पनि यस प्रति सचेत गराउने बताउनु भयो । तीन दिने अभियानको अन्तिम दिन आज विद्यार्थीहरुलाइ जिल्ला प्रहरी कार्यालय पर्सा, अन्चल प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय वीर्ता, सामुदायिक प्रहरी सेवा केन्द्र छपकैया र वीरगंज कारागारमा स्थलगत भ्रमण गराइएको छ ।
No comments:
Post a Comment