Pages

अनाथ बालबालिकालाई न्यायो कपडा बितरण















बीरगंज २१ मंसिर/ मध्य तराईकै पहिलो रेडियो, रेडियो वीरगंज ९९ मेगाहर्जले आफनो दशौ वाषिकोत्सवको अवसरमा आज बाट साताव्यापी कार्यक्रमको शुरुवात गरेको बाँकी समाचार.......
साताव्यापि कार्यक्रमको आज पहिलो दिन वीरगंजको विर्ता स्थित जिल्ला बाल कल्याण गृहका अनाथ बालबालिकाहरुलाई न्यानो लुगा वितरण गरिएको बाल कल्याण गृहमा रहेका २४ जना अनाथ बालकालिकाहरुलाई न्यानो लुगा वितरण गरिएको हो रेडीयोमा कार्यरत करीब ७० जना कर्मचारीहरुको एक दिनको तलब बराबरको रकमबाट अनाथ बालकहरुको लागि ज्याकेट वितरण गरीएको रेडीयोका प्रवन्ध निर्देशक उपेन्द्र डोटेलले बताउनुभयो रेडीयोले सामाजलाई सुसुचित गर्दै नागरीकका समस्या उदाहरणीय कार्यहरुको नियन्तर रुपमा प्रशारण गर्दै आएकोमा वर्षगााठका अवसरमा सामाजिक दायित्वलाई समेत पुरा गर्ने कोशिष गरीएको रेडीयो वीरगञ्जका अध्यक्ष ध्रुव साहले बताउनुभयो रेडियो वीरगंजले अभियानको थालनि मात्रै गरेको यसमा सवैको सहयोग भए समाज परिवर्तनका लागि कोसेढुंगा सावित हुने बताउनु भयो संस्थाका अध्यक्ष साहको सभापतित्वमा सम्पन्न विरतण कार्यक्रममा जिल्ला बाल कल्याण गृहका प्रमुख बालकृष्ण भण्डारी, नेपाल पत्रकार महासघ पर्साका अध्यक्ष केसी लामिछाने, नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य अनिल तिवारी, क्रान्तिकारी पत्रकार संघ पर्साका अध्यक्ष आरके पटेल, प्रेस चौतारी पर्साका अध्यक्ष श्याम बन्जारा, मेचि महाकाली मेडिया सोसाइटिका श्रीराम रायमाझी लगायतले समाजका विभिन्न क्षेत्रमा रेडीयोले  पुर्याएको योगदानलाई धन्यवाद दिएका थिए बदलिादो समयमा रेडीयोलाई समाजप्रति थप उत्तरदायी बनाउन आग्रह गर्दै रेडीयोको निरन्तर प्रगतिको कामना समेत गरेका थिए कार्यक्रमको संचालन नवराज फुयाालले गर्नुभएको थियो त्यसैगरी रेडियोले दोश्रो कार्यक्रम अन्तरगत भोली २२ गते पर्सामा पर्यटकिय स्थल यसका संभावना विषयक अन्तरकृया कार्यक्रम गर्दै २३ गते रेडियो परिसरमै रक्तदान कार्यक्रम, २४ गते पर्साको सखुवा प्रसौनीमा निशुल्क स्वास्थ्य शिविर, २५ गते रेडियो वीरगंज परिसरमै साहित्यीक श्रष्टा सम्मान कार्यक्रम, २६ गते श्रोता मिलन अन्तिम दिन २७ गते घरदैलो कार्यक्रमको आयोजना गरी साताव्यापी कार्यक्रम समापन गरिने रेडियो वीरगंजका प्रबन्धक निर्देशक उपेन्द्र डोटेलले बताउनु भयो रेडियो वीरगंज व्यवसायीक रुपमा मात्रै नभई समाजिक, आर्थिक, सांस्कृतिक, ऐतिहासिक, भाषिक अन्य विविध पक्षलाई उजागर गर्दे यसको संरक्षण सवद्र्धनमा निरन्तर लागि रहेको अगामी दिनमा पनि लागि नै रहने प्रतिबद्धता निर्देशक डोटेलले जनाउनु भयो



No comments:

Post a Comment