Pages

दशौ बार्षिकोत्सवका अवसरमा रक्तदान


















वीरगंज २३ मंसिर/ मध्यतराइकै पहिलो रेडियो, रेडियो वीरगंज ९९ मेगाहर्जले आफ्नो दशौ बार्षिकोत्सवका अवसरमा आज एफ.एम परिसरमै रक्तदान कार्यक्रमको आयोजना गरेको छ । बाँकी समाचार.......
रेडियोले सामाजलाई सु–सुचित गर्दै नागरीकका समस्या र उदाहरणीय कार्यहरुको नियन्तर रुपमा प्रशारण गर्दै आएकोमा वर्षगाठका अवसरमा सामाजिक दायित्वलाई समेत पुरा गर्ने कोशिष स्वरुप साताव्यापी कार्यक्रमको तेस्रो दिन आज रक्तदान कार्यक्रम आयोजना गरेको हो । रेडियोका प्रवन्धक निर्देशक उपेन्द्र डोटेलले रक्तदान गरी रक्तदान कार्यक्रमको उदघाटन गर्नुभएको थियो । रक्तदान कार्यक्रममा राजेश चौधरी, हेमन्त तामाङ्ग, होमराज अधिकारी, दया पौडेल, सुधाकर उपाध्याय, मनोज उपाध्याय, संदेश श्रेष्ठ, ईश्वर चन्द यादव, अनिल साह, सुनिल पंण्डित लगायत ६४ जनाले रक्तदान गर्नुभएको छ । रक्तदान गर्ने रक्तदाताहरुलाई व्लड डोनर एशोसिएशन वीरगंजले प्रमाण पत्र समेत उपलब्ध गराएको छ । यसैगरि साताब्यापि कार्यक्रम अन्तरगत हिजो पर्सामा पर्यटकिय स्थल र यसका संभावना विषयक अन्तरकृया कार्यक्रम आयोजना गरेको थियो । साताब्यापि कार्यक्रम अन्तरगत नै भोलि आइतबार र सोमबार पर्साको सखुवा प्रसौनीमा निशुल्क स्वास्थ्य शिविर, २५ गते रेडियो परिसरमै साहित्यीक श्रष्टा सम्मान कार्यक्रम, २६ गते श्रोता मिलन र अन्तिम दिन २७ गते घरदैलो कार्यक्रमको आयोजना गरी साताव्यापी कार्यक्रम समापन गरिने छ ।

No comments:

Post a Comment