वीरगंज २३ मंसिर/ वीरगंज बाइपास सडक खण्डको नारायणी यातायात व्यवसाय संघको कार्यालय अगाडी टिपरको ठक्करबाट एक साईकल यात्रुको घटनास्थलमै मृत्यु भएको छ । बाँकी समाचार.......
मुत्यु हुनेमा बाराको नौतन ८ का २५ वर्षिय ओम प्रकाश महतो रहेका छन । वीरगंजको नया बसपार्क तर्फबाट गण्डक तर्फ गईरहेको ना ३ ख ९२५० नम्बरको टिपरले विपरित दिशा तर्फबाट आउदै गरेको साईकल यात्रीलाई ओभर टेक गरी ठक्कर दिदा साईकलमा सवार महतोको घटना स्थलमै मृत्यु भएको प्रत्यक्षदर्शीहरुले बताएका छन । दुर्घटना पश्चात आक्रोशित स्थानियवासीहरुले चलाएको ढुङगाबाट टिपरको अगाडीको सिसा फुटेको छ । प्रहरीले बल प्रयोग गरी शव र टिपर आफ्नो नियन्त्रणमा लिएको र शवलाई पोष्ट मार्टमका लागि वीरगंजको नारायणी उपक्षेत्रिय अस्पतालमा लगिएको प्रहरी निरिक्षक मनोहर भट्टले बताउनु भयो । यता ट्राफिक व्यवस्थित नभएको कारण दुर्घटना भएको स्थानियको आरोप छ ।

No comments:
Post a Comment