Pages

पत्रकार महासंघ पर्साद्धारा पार्षदहरुसंग छलफल


वीरगंज १८ मंसिर/ नेपाल पत्रकार महासङ्घ, पर्सा शाखाले पहिलो चोटी आज आफ्ना पार्षद् (सभासद्) हरुसँग छलफल गरेको बाँकी समाचार..........
विगतका दिनहरुमा वार्षिक साधारणसभा महाधिवेसन बाहेक पार्षदहरुलाई महत्व दिने काम नगरेको शाखाले पहिलो चोटी पार्षदहरुलाई प्राथमिकतामा राखेर शाखा संचालनका लागि राय सुझाव लिएकोमा उपस्थित पार्षदहरुले शाखाको तारिफ गरे वीरगंज उपमहानगरपालिकाको सभाकक्षमा आयोजित छलफलमा पार्षदहरुले गैरपत्रकारहरु हावी हुन थालेकोमा चिन्ता व्यक्त गरे उनिहरुले व्यावसायिक पत्रकारिता प्रवद्र्धनका लागि शाखाले अग्रसरता देखाउनुपर्ने आगामी दिनमा सदस्यता वितरण, नवीकरण गर्दा विशेष ध्यान पुर्याउनुपर्ने बताए पार्षदहरुले पत्रकार आचारसंहिता विपरीत कार्य सम्पादन गर्ने जोसुकै पत्रकारलाई पनि दण्डको भागीदारी गराउनुपर्ने सुझाव दिनुका साथै कस्ले गल्ती गरे भनेर केलाउनुको सट्टा सकारात्मक सोचले सिर्जनात्मक कामहरु गर्दै जानुपर्ने पनि सुझाएका थिए पार्षद्हरुले शाखाको कार्यालय सञ्चालन गर्नुपर्ने, भवन निर्माणको लागि अग्रसरता देखाउनुपर्ने योजनाबद्ध रुपमा दक्ष जनशक्ति निर्माणको लागि तालिमलगायतको कार्यहरुलाई प्राथमिकता दिनुपर्नेमा पनि जोड दिएका थिए छलफलमा शंकर खतिवडा, गया यादव, शत्रुघन नेपाल,काशिनाथ यादव, रितेश त्रिपाठी, महेश गौत्तम, श्रीराम रायमाझि, सुदर्शनराज पाण्डे, कन्हैयालाल केशरी, शितल महतो, प्रशान्त राणा, प्रेम कार्की, पंकज श्रेष्ठ, सुलेख मिश्रलगायतको सहभागिता थियो भेलामा पत्रकार महासङ्घका केन्द्रीय सदस्य महेश दासले पत्रकार पत्रकारिताको मानमर्दन हुने संस्थालाई बदनाम गराउने व्यक्तिलाई कुनै पनि हालतले माफी नदिने बताए उनले संस्थाभन्दा ठूलो व्यक्ति नहुने हुँदा एकदुई जना व्यक्तिको कारण संस्थालाई कुनै पनि हालतमा बदनाम हुन नदिने बताए शाखा अध्यक्ष केसी लामिछानेले शाखाको सम्पूर्ण गतिविधि अगाडि बढाउनका लागि पार्षद्हरुको भूमिका पनि महत्त्वपूर्ण भएकोले छलफलको थालनी गरेको बताए पार्षद्हरुसँगको छलफल कार्यक्रमबाट शाखालाई ऊर्जा मिलेकोले छलफल कार्यक्रमलाई आगामी दिनमा निरन्तरता प्रदान गरिने जानकारी गराए पछिल्लो समयमा पत्रकार महासङ्घ पर्सा शाखाले आधा कार्यकाल पूरा गर्दा पनि पत्रकार हकहितका सन्दर्भमा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको सन्दर्भमा आगामी कार्यकालमा पत्रकार हकहितका लागि कसरी अगाडि बढ्ने सन्दर्भमा पार्षद्हरु संग राय सुझाव लिने प्रयासको थालनी गर्दै पहिलो पटक छलफल कार्यक्रमको आयोजना गरेको थियो

No comments:

Post a Comment