Pages

उद्यार गरिएको बाल अभिभावकको जिम्मा लगाइयो


बीरगंज १८ मंसिर/ भारतको मुम्बईमा ब्याग उद्योगमा मजदूरी गर्न जाँदै गरेका १० जना बालकलाई उद्यार गरेर अभिभावकको जिम्मा लगाइएको  बाँकी समाचार.......... 
रोजागारीका लागी भारतको मुम्बई तर्फ जाँदै गरेका रौतहट जिल्लाका दशजना बालकलाई रक्सौल रेल स्टेशनबाट उद्यार गरेर आज अभिभावकको जिम्मा लगाइएको डेभलपमेन्ट नेपालले जनाएको रौतहट करुनियाका महम्मद असलम (१५), भगवानपुरका शेष हाबिर हुसेन (१२), सन्तपुरका रामकिशन महतो (१५), बहुअर्वाका इरशाद आलम (१४), खाप घिउराका किसन सहनी (१४), इरफान खान (१२), सन्तपुर पटेर्वाका अरविन्द कुमार(१०), मोतीपुरका जकरुल आलम (१५), मनताज आलम (१२), पटेर्वाका संजय कुमार यादव (१५) लाई उनीहरुको अभिभावकको जिम्मा लगाइएको डेभलपमेन्ट नेपालका कार्यक्रम संयोजक सन्दीप सिंह ठकुरीले बताउनु भयो उद्यार गरिएका सबै बालकहरु अभिभावककै स्वीकृतीमा भारततर्फ जाँदै गरेको अवस्थामा उद्यार गरिएको उद्यारकर्ता संस्था प्रयास डेभलपमेन्ट नेपालले जानकारी दिएको

No comments:

Post a Comment