Pages

बिद्यार्थीहरुका लागि जागरण अभियान शुरु


बीरगंज २१ मंसिर/ सुरक्षा व्यवस्था सुदृढ बनाउनका लागी बिद्यार्थीहरुलाई लक्षित गरेर आज देखि वीरगंजमा तीन दिने जागरण अभियान शुरु भएको बाँकी समाचार.......
अभियान अन्तरगत आज भोलि दुइ दिन वीरगंजमा रहेका विभिन्न विद्यालयका विद्यार्थी शिक्षकहरुलाई सुरक्षा कानून सम्बन्धि तालिम दिइदैछ यूनाइटेड इन्स्टिच्यूट अफ पीस यूएसआइपी, रेस नेपाल, नारायणी एफ.एम नेपाल प्रहरीको संयुक्त आयोजनामा अन्चल प्रहरी कार्यालय वीरगंजको परिसरमा आज देखि शुरु भएको तालिममा विभिन्न ५३ ओटा विद्यालयका विद्यार्थी शिक्षकहरु गरि एक सय ६० जनाको सहभागीता रहेको   तालिममा सहभागी विद्यार्थीहरुलाई पर्साका प्रहरी नायव उपरिक्षक राजेन्द्र विष्ट , प्रहरी निरिक्षक द्धारिका घिमिरे, ट्राफिक प्रहरी निरिक्षक विज्ञान बस्नेत, नारायणी एफ एमका कार्यकारी अध्यक्ष गोविन्द देवकोटा अधिवक्ता कमल मोहन पोखरेलले प्रशिक्षण दिने आयोजकले जनाएको भोलि तालिम सकिएपछि मंसिर २३ गते शनिबार सहभागी विद्यार्थीहरुलाई स्थलगत भ्रमण समेत गराइने आयोजकले जनाएको बिद्यार्थीहरु समाज परिवर्तनका संवाहक भएकाले उनीहरुलाई कानुनहरुको बारेमा जानकारी गराई अपराध मुक्त समाज निर्माणको अभियानमा सहभागी गराउने उद्देश्यले अभियान सन्चालन गरिएको पर्साका प्रहरी उपरिक्षक पिताम्बर अधिकारीले बताउनु भयो नारायणी एफ एमका कार्यकारी अध्यक्ष देवकोटाले शान्ति सुरक्षाको अवस्थामा सुधार ल्याएर समाजमा शान्ति स्थापनाका लागी विद्यार्थी तथा शिक्षकहरुको भूमीका प्रवद्र्धन गर्ने उद्देश्यले वीरगंज नगरमा यो अभियान सन्चालन गरिएको जानकारी दिनुभयो

No comments:

Post a Comment