बीरगंज
२० मंसिर/
२१ औ
अन्तराष्ट्रिय अपाङ्ग दिवसको अवसरमा आयोजना
गरिएको ३
दिने नि:शुल्क योग
शिविरको आज
एक समारोहका
बीच समापन
गरिएको छ
। बाँकी
समाचार.......
बीरगंजस्थित जीवन ज्योती माध्यमिक
बिद्यालयमा रोट्रायक्ट तथा रोटरी क्लवको
संयुक्त आयोजना
आयोजित सो
शिविरमा बिद्यालयका
छात्रछात्रा तथा स्थानिय अभिभावक गरी
करिब एक
सय ५०
जनाको सहभागीता
रहेको थिए
। पतंजली
योग शिविरका
प्रशिक्षक किशोरी प्रसाद कलवार, राजेश
गुप्ता र
पारस प्रसाद
कुर्मीले सहभागीहरुलाई
योग सम्बन्धी
प्रशिक्षण दिनु भएको थियो ।
जीवन ज्योती
माध्यमिक बिद्यालयका
प्रधानाध्यापक शिव प्रसाद गुप्ताको अध्यक्षता
तथा सशस्त्र
प्रहरी बल
सिमा सुरक्षा
कार्यालय पर्साका
सशस्त्र प्रहरी
उपरीक्षक नागेन्द्र
थापाको प्रमुख
आतिथ्यमा आयोजित
कार्यक्रममा रोट्रायक्ट तथा रोटरी क्लवका
अध्यक्ष नबिन
लामा, रोटरी
क्लवका सचिव
बिश्वकरण जैन,
नेशनल एकेडमी
कलेजका प्रमुख
बालगोपाल थापा,
बीरगंज पब्लिक
कलेजका डाइरेक्टर
डा. दिपक
शाक्य, पत्रकार
महासंघ पर्साका
अध्यक्ष केशी
लामिछाने र
योग शिविरका
प्रशिक्षक राजेश गुप्ताले शिविरमा शिखेका
कुराहरु आफ्नो
जीवनमा लागु
गर्ने प्रतिब्धता
जनाएका थिए
। उहाँहरुले
अपाङ्गलाई हेला होइन माया गर्नु
पर्ने बताएका
थियो ।
त्यसैगरी
अपाङ्ग दिवसको
अवसरमा नेपाल
क्लव अपाङ्ग
संघ, नेपाल
अपाङ्ग संघ
तथा स्थानिय
अपाङ्गहरु गरी ४० जनालाई जयाकेट
र शौल
बितरण गरिएको
थियो ।
अपाङ्गहरुलाई सहयोग पुर्याउने उद्देश्यले
जीवन ज्योती
स्कुलले बिभिन्न
१५ वटा
स्कुलहरुबाट रकम संकलन गरिएको छ
। दिल्ली
पब्लिक स्कुलबाट
१० हजार
८ रुपैया,
चिल्ड्रेन वड माध्यमिक बिद्यालयबाट ५
सय २३
रुपैया, ज्ञान
ज्योती माध्यमिक
बिद्यालयबाट ३ हजार ७५ रुपैया,
एन्जल ईन्टरनेशनल
माध्यमिक बिद्यालयबाट
१ हजार
१ सय
१४ रुपैया,
मनोकामना माध्यमिक
बिद्यालयबाट ३ हजार २ सय ६७ रुपैया,
मिनील्याण्ड माध्यमिक बिद्यालयबाट १ हजार
४ सय
५८ रुपैया,
गौतम माध्यमिक
बिद्यालयबाट ७ हजार ३ सय ४८ रुपैया,
सेन्टजोन माध्यमिक
बिद्यालयबाट ४ सय ५१ रुपैया,
माउन्ट एडमण्ड
माध्यमिक बिद्यालयबाट
२ हजार
१ सय
३१ रुपैया,
कादम्बरी माध्यमिक
बिद्यालयबाट २ हजार ३ सय ६९ रुपैया,
आदर्श माध्यमिक
बिद्यालयबाट १ हजार ४ सय ४५ रुपैया,
सेन्टजेबियर्स माध्यमिक बिद्यालयबाट २ सय ७८ रुपैया,
जीवन ज्योती
माध्यमिक बिद्यालयबाट
३ हजार
३७ रुपैया,
हिमाल इन्सिच्युटबाट
१ हजार
५ सय
१२ रुपैया
संकलन भएको
जीवन ज्योती
माध्यमिक बिद्यालयका
प्रधानाध्यापक शिव प्रसाद गुप्ताले जानकारी
दिनु भयो
।
No comments:
Post a Comment