खेल समाचार
बीरगंज २४ मंसिर/ प्याब्सन टी ट्वान्टी नकआउट क्रिकेट टुर्नामेन्ट २०६९ अन्र्तगतका आइतबारका खेलहरुबाट एम.इ.एस., लिटल एजन्ल, हिमालयन र जीवन ज्योति अन्तिम १२ मा प्रवेश गरेका छन् । बाँकी समाचार........
समुह ए अन्र्तगत आदर्शनगर रंगशालामा भएको खेलमा ४ रनले सेन्ट जोन्सलाई पराजित गर्दै एम.इ.एस.ले अन्तिम बाह्रमा आफ्नो स्थान पक्का गरेको हो । टस जितेर ब्याटिगं रोजेको एम.इ.एस.ले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १०६ रन बनाएको थियो । जवाफी व्याटिगं गरेको सेन्ट जोन्सले ९ विकेट खर्चेर १०२ मात्र बनाएपछि ४ रनले एम.इ.एस.साग पराजित भएको हो । खेलको म्यान अफ म्याच एम.इ.एस.का सब्ेर आलम घोषित भए । यस्तै सोही रंगशालामा भएको खेलमा जीवन ज्योतिले सेन्ट जेभियर्सलाई ६३ रनले पराजित गरेको छ । टस जितेर पहिले ब्याटिगं गरेको जीवन ज्योतिले पुरै ओभर खेलेर १३० रन बनाउादा सेन्ट जेभियर्स १२ ओभर खेल्दै ६६ रन बनाएर अल आउट भएपछि जीवन ज्योति विजयी भएको हो । खेलको म्यान अफ द म्याच जीवन ज्योतिका विनोद चौधरी भएका छन । त्यस्तै, समूह सी अन्र्तगत नारायणी रंगशालामा भएको खेलमा लिटल एन्जल्सले बीकन माविलाई १७ रनले पराजित छ । टस जितेर बीकनले फिल्डिगं रोजेकोमा पहिले ब्याटिगं गरेको लिटल एन्जल्सले पुरै ओभर खेल्दै ९ विकेटको क्षतिमा १७२ रन बनाएको थियो । १७३ रनको लक्ष्य पाएको बीकन १५५ रनमै समेटिएपछि १७ रनले पराजित भएको हो । खेलको म्यान अफ द म्याच लिटल एन्जल्सका आदित्य सर्राफ घोषित भए । यसैगरी सोही रंगशालामा भएको समूह डी अन्र्तगतको खेलमा हिमालयन मावि विजयी भएको छ । टस जितेको हिमालयनले पहिले ब्याटिगं गर्दै निर्धारित ओभरमा ५ विकेट खर्चेर १६१ रनको योगफल खडा गरेको थियो । जवाफी ब्याटिगं गरेको माउण्ट एडमण्ड १५.५ ओभर खेल्दै ७४ रन मै समेटिएपछि हिमालयन विजयी भएको हो । खेलमा हिमालयनका अनुज गुप्ता म्याच अफ द म्याच भए । सो क्रिकेट टुर्नामेन्ट अन्र्तगत सोमबार समूह ए बाट मेरीगोल्ड र साउथ जोन, समुह बी बाट गौतम र मास्कोट, समुह सी बाट सनराइज र बीपीएस र समुह डी बाट विद्या सागर र बीरगंज एकेडेमी आमने सामने हुने छन् ।
No comments:
Post a Comment