Pages

सेनाद्वारा बिस्फोटक पदार्थ सम्बन्धी जनचेतना



















बीरगंज २४ मंसिर/ प्रत्येक बर्ष झै यस बर्ष पनि नेपाली सेनाले बिष्फोटक पदार्थ तथा बारुदी सुरुङ्ग सम्बन्धि जनचेतना कार्यक्रम आजदेखि बीरगंजमा सुरु गरेको छ । बाँकी समाचार........

कार्यक्रम अन्तर्गत पहिलो दिन बीरगंजको पिपरास्थित नृसिंह उच्च माध्यमिक विद्यालयका छात्रछात्राहरुलाई जनचेतना सम्बन्धि जानकारी दिएको हो । बीरगंजस्थित बरख गणका गणपति प्रमूख सेनानी धन बहादूर थापाको नेतृत्वमा संचालन गरिएको कार्यक्रममा उक्त स्कूलका शिक्षक तथा विद्यार्थी समेत गरि करिव ५ सय जनाको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागिहरुलाई क्याप्टेन मानकाजी श्रेष्ठ, कालिशक्ति (ईन्जिनियर) गणका दक्ष प्राविधिक जमदार चन्द्र बहादूर के.सी. सहितको टोलीले विष्फोटक पदार्थको पहिचान र त्यसबाट पर्न सक्ने असर सम्बन्धी प्रशिक्षण दिएको थियो । उक्त स्कूलका प्राचार्य हरेन्द्र कूर्मीले यस्ता कार्यक्रमबाट क्षती न्यूनिकरण गर्न मद्दत पूर्‍याउने आशा राख्नु भएको छ । कार्यक्रम अन्तर्गत सोमबार २५ गते माईस्थान बिद्यापिठ माध्यमिक विद्यालय, २६ गते पन्नालाल माध्यमिक विद्यालय र २७ गते नेपाल राष्ट्रिय उच्च माध्यमिक विद्यालय श्रीपूरमा कार्यक्रम संचालन गरिने बताइएको छ । कुनैपनि बिष्फोटक जन्य पदार्थ पहिचान तथा मानबिय क्षतीबाट जोगिनका लागि कार्यक्रम संचालन गरिएको गणका प्रमूख थापाले बताउनु भयो ।

No comments:

Post a Comment