बीरगंज २४ मंसिर/ ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रले वीरगन्जमा सन्चालन गरेको तनाव व्यवस्थापन सम्बन्धी दुई दिने प्रशिक्षण शिविर आज सम्पन्न भएको छ । बाँकी समाचार........
वीरगंजको छपकैया स्थित राजयोग सेवा केन्द्र परिसरमा आयोजित शीवीरमा सहभागीहरुलाइ भारतको ब्रम्हाकुमारी ईश्वरीय विश्वविद्यालयकी प्रसिद्ध प्रवचनकर्ता बालब्रम्हचारिणी विदुषी उषाले चिन्तामुक्त जीवन र सकारात्मक चिन्तन एंव जीवनको उदेश्यका बारेमा प्रवचन र प्रशिक्षण दिनु भएको राजयोग सेवा केन्दले जनाएको छ । शीवीरमा पर्सा, बारा र रौतहटका विभिन्न क्षेत्रका व्याक्तिहरुको सहभागीता रहेको थियो । व्यवसायीक सफलता, स्वस्थ्य मनस्थिति र सकारात्मक जीवन शैलीका लागी राजयोगको अभ्यासलाई आफनो दिनचर्या बनाउनका लागी आम नागरिकलाई प्रोत्साहित गर्ने उद्देश्यले शिविरको आयोजना गरिएको ब्रम्हकुमार गुणराजले बताउनु भयो ।

No comments:
Post a Comment