Pages

लागू औषधको खुल्लेयाम बिक्री बितरण


बीरगंज १७ मंसिर/ सीमावर्ती भारतीय बजारमा लागू औषध प्रतिबन्धित औषधीहरु खुल्ला रुपमा उपलब्ध हुन थालेपछि यसको तस्करी चुलिएको बाँकी समाचार..........
रक्सौलको कस्टम रोड, डंकन अस्पताल रोड, मेनरोड, पंकज सिनेमा हल रोड, श्रीमान  श्रीमती साडी शोरुम रोडमा सञ्चालित औषधी पसलहरुमा सुइको माध्यमबाट प्रयोग गरिने औषधीको खुलारुपमा बिक्री वितरण हुने गरेको पोखरा, काठमाण्डौं, चितवन, इटहरी, हेटौंडाबाट आउने यूवाहरुको बिहानैदेखि रक्सौल बजारका औषधी पसलमा भीड लाग्ने गरेको यी यूवाहरु आफ्नो  व्यक्तिगत उपभोग कारोबार दुबैका लागी ठूलो परिमाणमा  लागू आषध किनेर मुख्य भित्रि नाका हुदै पुन: नेपाल प्रवेश गर्ने गरेका छन् ।रक्सौल बजारमा सहजरुपमा उपलब्ध हुने कडा खाले इन्जेक्शन औषधीका  रुपमा प्रयोग हुने टिटिजेसिक,लुप्रिजेसीक ,नाइट्रोभेट, कोरेक्स ब्राण्डका  औषधी उपलब्ध हुने गरेको जानकारी लिएर झापादेखि काठमाण्डौसम्मका लागू औषध प्रयोगकर्ता कारोबारी यहा आउने गरेका छन् यो बाहेक खैरो हेरोइन पनि ठूलो परिमाणमा भित्रिने गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको ।रक्सौल बजारमा खुल्लारुपमा लागू औषधको कारोबार भइरहदा  पनि त्यहाको प्रहरी प्रशासनले नियन्त्रणमा  कुनै चासो लिने गरेको छैन 

No comments:

Post a Comment