Pages

राजनितिक अन्त्यको चुनावको विकल्प नभएको : नेता नेपाल














बीरगंज १७ मंसिर/ नेकपा एमालेका नेता माधव कुमार नेपालले अहिलेको राजनितिक जटिलता अन्त्यको लागी चुनावको विकल्प नभएको बताउनुभएको बाँकी समाचार..........
आज एमाले पर्सा क्षेत्र नम्वर पााचले नवगााहामा आयोजना गरेको आमसभालाई संबोधन गर्दै यस्तो बताउनुभएको हो एमाले नेता नेपालले सहमतिका आधारमा चुनावी सरकार गठन गरि चुनावमा जानुको कुनै बिकल्प नभएको बताउनुभयो   उहााले चुनावको लागी हरेक पार्टीका नेताको दृष्ट्रिकोण परिवर्तन हुनुपर्नेमा जोड दिनुभयो प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजिनामा नदिए सम्म सहमति सम्भावना नरहेको बताउनुभायो प्रधानमन्त्री बन्ने बेलमा डा. भट्टराईको सोच सहि भएपनि अहिले आएर उनको सोच बद्लिएको उहााले जिकिर गर्नुभयो पद त्यागेर सहमतिको पहल गर्न उहााले प्रधानमन्त्री भट्टराईसाग आग्रह गर्नुभयो प्रधानमन्त्रीको राजिनामा नगराएर एकिकृत नेकपा माओवादीले सहमतिको ढोका बन्द गरेके उहााले आरोप लगाउनुभयो यसैबीच ओरीया पुल निर्माण संघर्ष समितिले नेकपा एमाले नेता तथा पुर्व प्रधानमन्त्री माधव कुमार नेपाललाई निर्माणको लागी पहल गरिदिन आग्रह गरेका छन् संघर्ष समितिका अध्यक्ष सलाउद्दिन अन्सारीको नेतृत्वमा आमसभा स्थलमा पुगेका स्थानीयवासीन्दाले उहााको ध्यानाक्रर्षण गराएका हुन् नेकपा एमाले पर्सा पााच नम्वर क्षेत्रका अध्यक्ष जय प्रकाश थारुको सभापतित्वमा सम्पन्न भएको आमसभामा केन्द्रिय तथा स्थानीय स्तरका नेता तथा कार्यकर्ताको सहभागीता रहेको थियो

No comments:

Post a Comment