बीरगंज
१८ मंसिर/
ब्रहमाकुमारी राजयोग सेवा केन्द्रले वीरगंजमा
तनाव व्यवस्थापन
सम्बन्धी दुई
दिने प्रशिक्षण
शिविरको आयोजना
गर्ने भएको
छ ।
बाँकी समाचार..........
छपकैयाँस्थित राजयोग सेवा केन्द्र परिसरमा
आयोजना गरिने
शिविरमा ब्रह्माकुमारी
ईश्वर विश्व
विद्या्लय भारतको प्रसिद्ध प्रवचक बालब्रहमचारिणी
विदुषी उषाले
प्रशिक्षण दिने कार्यक्रम रहेको छ
। मंसिर
२३ र
२४ गते
सञ्चालन हुने
शिविरमा बिहान
७ बजेदेखि
सकारात्मक जीवन शैली र दिउँसो
३ बजेदेखि
तनाव व्यवस्थापन
सम्बन्धमा प्रवचन तथा प्रशिक्षण हुने
राजयोग सेवा
केन्द्रको क्षेत्रिय निर्देशिका रविणाले बताउनु
भयो ।
बीरगंजको छपकैयासिथत
राजयोग सेवा
केन्द्रमा आज बिहान आयोजित पत्रकार
सम्मेलनमा जानकारी दिनु भएको छ
। व्यवसायीक
सफलता, स्वस्थ्य
मनस्थिति र
सकारात्मक जीवन शैलीका लागी राजयोगको
अभ्यासलाई आङ्खनो दिनचर्या बनाउनका लागी
आम नागरिकलाई
प्रोत्साहित गर्ने उद्येश्यले शिविरको आयोजना
गर्न लागिएको
ब्रहमाकुमार गुणराजले बताउनु भयो ।
पत्रकार सम्मेलनमा
निवर्तमान् सभासद रामचन्द्र प्यासीले शिविरबाट
सर्वसाधारणहरु लाभान्वित हुने विश्वास व्यक्त
गरेका छन्
। पत्रकार
सम्मेलनमा ब्रहमाकुमारी बेली बहन, मिना
बहन, ब्रहमाकुमार
गुणराज लामिछाने,
ब्रहमाकुमार जितेन्द्र भाईले शिविरबारे जानकारी
दिनु भएको
छ ।
No comments:
Post a Comment