Pages

बालबिबाह र दाइजो सम्बन्धी अन्तरकृया


बीरगंज २४ मंसिर/ महिला हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत वीरगंजमा आज बालबिबाह र दाइजो प्रथा विषयक अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । बाँकी समाचार........
दिव्य युवा क्लब र अरुणदोय युवा क्लबले संयुक्त रुपमा आयोजना गरेको  अन्तरकृया कार्यक्रममा बोल्दै पर्साका प्रमुख जिल्ला अधिकारी कैलाश कुमार बजियमले बालबिबाह र दाइजोको कुप्रथा तराइमा मात्रै नभइ पहाडी जिल्लामा पनि उत्तिक्कै रहेको बताउनु भयो । उहााले  अन्धविश्वास र शिक्षाको अभावका कारण ताराइमा दाइजो र बालबिबाह जस्ता कुप्रथाले बढी प्रसय पाएको बताउनु भयो । प्रमुख जिल्ला अधिकारी बजिमयले बालबिबाह र दाइजो कुप्रथाले समाजमा विकृति बढाएको भन्दै यसको न्युनिकरणका लागि सबै तह तप्काबाट पहल हुनुपर्नेमा जोड दिनु भयो । दिव्य युवा क्लबका कार्यक्रम संयोजक रामाकान्त पटेलले पर्सामा बालबीवाह र दाइजो प्रथा नियन्त्रणमा अपेक्षीत सफलता प्राप्त गर्न नसकिएको बताउनु भयो । उहााले दाइजो प्रथाकै कारण महिला हिंसाको घटनामा बृद्धिएको बताउनु भयो । अन्तरकृया कार्यक्रममा जिल्ला विकास समितिका अधिकृत धर्मराज थापा, प्रहरी निरिक्षक पुष्पकमल श्रेष्ठ, अधिवक्ता कमलमोहन पोख्रेल, जिल्ला स्वास्थय कार्यालय पर्साका सचिदानन्द सिंह, सन्चारकर्मी लगायतको सहभागीता रहेको थियो ।

No comments:

Post a Comment