Pages

गोपाल सेवा समिती दोश्रो जिल्ला अधिवेशन


बीरगंज २४ मंसिर/ गोपाल सेवा समिती पर्साको दोश्रो जिल्ला अधिवेशन आज सम्पन्न भएको छ । बाँकी समाचार........
अधिवेशनले सुरेन्द्र प्रसाद यादवको अध्यक्षतामा २५ सदस्यिय नयाा कार्य समिति चयन गरेको छ । कार्य समितिको वरिष्ठ उपाध्यक्षमा राम प्रसाद यादव र जादोलाल यादव, उपाध्यक्षमा रामायण प्रसाद यादव, सचिवमा शीवचन्द्र यादव, सहसचिवमा हरिराम यादव र कोषाध्यक्षमा हजारी यादवलाइ सर्वसम्मतले चयन गरिएको छ । यसैगरि समितिको संस्थापकमा डाक्टर भगवान प्रसाद यादव र सल्लाहकारमा गोपीचन्द यादवलाई चयन गरिएको नवनिर्वाचित सचिव शीवचन्द्र यादवले जानकारी दिनु भयो । पर्साको बहुअरी गाविसमा रहेको शारदा माध्यमिक विद्यालयको प्राङगण्मा हिजो देखि शुरु भएको अधिवेशन आज नयाा कार्य समिति चयन गर्दै  सम्पन्न भएको हो ।

No comments:

Post a Comment