बीरगंज २९ कार्तिक/ बीरगंजमा बसोबास गर्ने नेवार समुदायले आज नेपाल सम्बत ११३३ को अवसरमा विविध कार्यक्रमको आयोजना गरी मनाईएको छ । बाँकी समाचार.........
बीरगंजको विर्ता स्थित नेपाल सम्बतका संस्थापक श्री शंखधर साख्वाको सालिक अगाडी आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमका प्रमुख अतिथी प्रध्यापक डा. दिपक शाक्यले नेपालमा नेवार समुदायको आफ्नै खाले इतिहास र संस्कृति बोकेकोले यसको संरक्षण गरि अगाडी बढनु पर्नेमा जोड दिएका छन् । बीरगंजमा रहेको नेवार समुदायको विभिन्न संघ संस्थाहरुले संयुक्त रुपमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा वक्ताहरुले आफ्नो शुभकामना मन्तब्यमा नेवार समुदायको पहिचानको संरक्षण गर्न सबै नेवारहरु एक भएर आफ्नो समुदाय र राष्ट्र बिकासमा लाग्नु पर्नेमा जोड दिएका छन् । वक्ताहरुले अहिलेको नेवारहरु आफ्नो भाषा र पहिचान बिर्सदै गएकोमा चिन्ता ब्यक्त गर्दै, आफनो भाषा र संस्कृति प्रति इमान्दार हुन आग्रह समेत गरेका छन् । नेवार महासंघका अध्यक्ष चक्रबहादुर शाक्यको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेकपा एमालेका नेता तथा पूर्व राज्यमन्त्री नागेन्द्र चौधरी, नेवा पूचका अध्यक्ष केशर प्रसाद राजभण्डारी, नेवा समाजका गणेशमान श्रेष्ठ, नेवा मिसाका अध्यक्ष श्रीमती कमलिन ताम्राकार, फोरम नेपालका युवा फन्र्टका फिरोज मन्सुर, मधेसी जनअधिकार फोरम नेपाल निकट विद्यार्थी संगठनका अध्यक्ष जसवन्त यादब, नेवा खलका अध्यक्ष गजेन्द्रदेव ठकु बीरगंज बौद्य समितिका अध्यक्ष बीरहर्ष शाक्यले आफ्नो मन्तब्य राख्नु भएको थियो । नेवार समुदायले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा लाखे नाच सहित वृहत र्याली निकालीएको थियो । र्यालीले बीरगंजको विभिन्न स्थानको भ्रमण पश्चात बिर्ता स्थित गणेशमान चांैकमा पुगी स्व.गणेशमान सिंहको प्रतिमामा माला अपर्ण गर्दै कार्यक्रम सम्पन्न भएको थियो ।
No comments:
Post a Comment