बीरगंज ३० कार्तिक/ वीरगंजको सीमावर्ती भारतीय शहर रक्सौलमा एक नेपाली यूवकको हत्या भएको छ । बाँकी समाचार.......
हत्या हुनेमा पर्साको बगही गाविस घर भएका ३० वर्षिय शिव राम रहेका छन । रामलाई गएराती केही अपरिचित समूहले गोली हानी हत्या गरेको हो । रक्सौलको ब्लक रोड परेउवा निवासी साने इलाही माथि सोमबार ताकेर गरिएको आक्रमणमा उनको बचाउन गर्न खोज्दा राम मारिएको जनाईएको छ । राम साने इलाहीको घरमा एकवर्ष देखि मजदुरी गर्दै आएका थिए । आफ्ना मालिक साने इलाहीलाई उपचारका लागी पटनातर्फ लैजाँदै गर्दा रक्सौलको रेलवे कोलोनीमा निजको हत्या भएको रक्सौल प्रहरीले जनाएको छ ।

No comments:
Post a Comment