Pages

कारागारमा पनि देउसी भैलो


बीरगंज २९ कार्तिक/  वीरगंज कारागारमा रहेका महिला कैदीबन्दीले आज कारागार भित्रै देउसी भैलो खेलेर रमाइलो मनाएका छन् । बाँकी समाचार .........
देउसी भैंलोको गीत गाउदै महिला कैदी बन्दीले कारागारभित्रै रमाइलो मनाएका हुन् । आपसी भाइचाराको सम्बन्ध बढाउन र चाडपर्व मनाउने धोको पुरा गर्न देउसी भैलो कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक महिला चौकीदार बबिता कुशवाहाले जानकारी दिनुभयो । देउसी भैलो कार्यक्रममा निमित्त कारागार प्रमुख शशीधर सिंह, कारागार सुरक्षा प्रमुख प्रहरी नायब निरिक्षक राजकुमार महत्तो जनाएका छन ।

No comments:

Post a Comment