Pages

आफ्नै परिवारद्धारा बुहारीको हत्या आरोप


बीरगंज २९ कार्तिक/  पर्साको सेढवा गाविस वडा नम्बर ९ को काठमाण्डौं टोलमा एकजना महिलाको आफ्नै परिवारका सदस्यद्धारा हत्या भएको आशंका गरिएको छ । बाँकी समाचार .........
स्थानीय विजय साह कानुको श्रीमती २६ वर्षिय गुजरी देवीको हत्या भएको आरोप माइती पक्षले घर पक्षलाई लगाएको छ । गुजरी देवीको मृत्यु भएपनि मृत्युका बारेमा माइती पक्षलाई कुनै जानकारी नै नदिइ शव जलाइएकोले हत्याको आशंका गरिएको हो । मृतक महिलाको भाइ गजेन्द्र साहले इलाका प्रहरी कार्यालय सेढवामा घटनाबारे जानकारी गराए पछि आज दिउसो शम्शान घाटमा पुगेको प्रहरीको टोलीले गुजरी देवीको शवलाई जलाई रहेको अवस्थामा फेला पारेको थियो । मृतक महिलाको भाइ गजेन्द्र साहले आफ्नो दिदीलाई घर पक्षले बिष खुवाएर हत्या गरिएको आरोप लगाएका छन् । प्रहरीले घटनाबारे थाहा पाए लगतै शम्शान घाटमा  पाएपछि मृतकका पति विजय साह, उनका बाबु छोटेलाल साहलाई नियन्त्रणमा लिन खोज्दा उनी लगायत अन्य मलामीहरु घटना स्थलबाट जंगलको बाटो हुँदै फरार भएको प्रहरी नायब निरिक्षक गोपालबहादुर कुँवरले जानकारी दिनुभयो । प्रहरीले उक्त शवलाई नियन्त्रणमा लिएर पोष्ट मार्टमका बीरगंजस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment