बीरगंज ४ मंसिर/ बीरगंजमा छठ ब्रतालुहरुले आज बीरगंजको पोखरी, ताल, तलाउ, नदी लगायत जलाशयहरुमा पुगी डुब्दै गरेको सूर्यलाई विधिपूर्वक अर्ग दिएर छठ पूजा शुरु गरेका छन् । बाँकी समाचार.........
तराईको महान पर्व छठ पुजाको कारण बीरगंजमा रहेको करिब एक दर्जन भन्दा बढी नदी र पोखरीहरु छठ ब्रतालुहरुको कारण भरिभराउ छ । मध्य तराईबासीले यस पर्वलाई बढो भक्तिपूर्वक धुमधाम र हर्षोउल्लासका साथ मनाउने गर्छन् । बीरगंजको घरिअर्वा पोखरी, रानीघाट, नगवा, माईदिया पोखरी, मुर्ली पोखरी, श्रीपुर पोखरी, इनर्वा, लक्ष्मणवा पोखरी, पिपरा, छपकैया पोखरी लगायत बीरगंजको स्विमिगंपुलमा समेत यो पर्व मनाउने गर्छन । छठ पूजाकै कारण स्थानिय भक्तजनहरुले स्थानीय विभिन्न पोखरीहरुलाई दुलही जस्तै सिंगारेको छ । बीरगंजको घरिअर्वापोखरी छठ ब्यवस्थापन समितिले घडिअर्वा पोखरी परिसरमा करिव १२ लाख ५५ हजार रुपैयाको लागतमा छठ पूजाको आयोजना गर्न लागेको हाम्रा सहकर्मी प्रणय कुमारले बताएका छन । बीरगंजस्थित स्विमिगंपुल परिसरलाई करिव साढे तीन लाख रुपैयाको लागतमा सजाइएको छ भने रानीघाट, नगवा, लक्ष्मणवा पोखरी लगायतका पोखरीहरु भब्यताका साथ सजाइएको छ । आईतबार खर्ना खाएर बसेका ब्रतालुहरु बासको छैटीमा पूजाको सामान बोकी नजिकको जलाशयमा पुगी डुब्न लागेको सूर्यलाई अर्ग दिनलागेका छन् । अर्ग दिइसकेपछि केही ब्रतालुहरु घर र्फकन्छन भने केही छठघाटमै बस्छन् । ब्रतालुहरु फेरी भोली विहानै छठघाटमा पुगी धामिर्क विधि अनुसार विशेष पूजाआजा गरी उदाउन लागेको सूर्य देवतालाई अर्ग दिई घर र्फकन्छन् । स्थानिय प्रशासनले ब्रतालु तथा भक्तजनहरुको सुरक्षालाई ध्यानमा राखी ब्यापक सुरक्षाकर्मी परिचालन गरेको छ । बीरगंजकै सबैभन्दा बढी भिडभाड हुने घडिअर्वा पोखरी छठघाटमा सुरक्षाको सम्बेदनशिलतालाई हेरी पोखरीको चार वटै गेटमा २/२ वटा सिसिटिभी क्यामेरा जडान गरिएको छ । छठ पुजाकै कारण बीरगंज बजार आज सुनसान देखिएको छ ।




No comments:
Post a Comment