Pages

विधिवत रुपमा छठ पर्व सम्पन्न


















बीरगंज ५ मंसिर/ निष्ठा, एकता एवं भक्ति तथा धार्मिक अनुसंठानका साथ विगत चार दिन देखि शुरु भएको छठ पर्व आज उदाउादो सुर्यलाई अर्गदिएर समापन गरिएको छ । बाँकी समाचार........
घडीअर्वा पोखरी तथा रानीघाट, छपकैया, नगवा तथा सिर्सिया नदिको किनार लगाएतका घाटहरुमा ब्रतालुहरु जम्मा भई उदाउादो सुर्य प्रतिक्षा गरेका थिए । लगातार चार दिनको ब्रत पछि सुर्य भगवान तथा छठि मैयाको अर्गले बर्षभरी आफु लगायत आफ्ना सम्पुर्ण परिवारलाई चर्म रोग लगायत अन्य रोग ब्याधी नलाग्ने छठी माताको आराधना गर्दा चर्मरोगको नाश, पारिवारिक सु:ख समृद्धि तथा चिताएको कुरा पुर्‍याउाछन् भन्ने धार्मिक मान्यता रहेकोले ब्रतालुहरुले जलाशय भित्र बसेर सुर्य देवतालाई अर्ग दिने गर्दछन । यसरी करिब ३६ घण्टा कठोर ब्रतपछि ब्रतालुहरु आज अन्न ग्रहण गर्ने छन । ब्रत समापन पश्चात छठको विशेष प्रसाद ठेकुवा, नरिवल, केरा, उाखु, बतासा तथा सख्खर मिसाएर चामलको पिठोबाट बनाईएका विभिन्न परिकारहरु आफन्त र छरछिमेकमा बाटने चलन रहको छ । छठ पुजाको प्रसाद जतिधेरैलाई बााटयो त्यत्ति नै पुण्य कमाईने धार्मिक विश्वास रहेको छ ।

No comments:

Post a Comment