बीरगंज ३ मंसिर/ वीरगंजको प्रसिद्ध पर्यटकिय स्थल तथा प्रमुख छठ घाटको रुपमा रहेको घडिअर्वा पोखरीमा छठ पुजा व्यवस्थित रुपमा सम्पन्न गर्न लाग्ने अनुमानित आय–व्यय सार्वजनिक गरेको छ । बाँकी समाचार.........
छठ पुजा व्यवस्थापन समिति घडिअर्वाले आज पोखरी परिसरमै पत्रकार सम्मेलन गरी व्यवस्थित रुपमा पुजा सम्पन्न गर्न टेन्ट, विजुली बत्ति तथा फुल सजावटमा ५ लाख २५ हजार, भिडियो ग्राफिमा ३० हजार, साउण्ड सर्भिसमा २७ हजार, सरसफाईमा ३५ हजार, सुरक्षा खर्चमा ५० हजार, प्रचार प्रसारमा ५ हजार, पुरस्कारमा २ लाख ९० हजार, स्टेशनरीमा ३ हजार, अफिस संचालनका लागी ३० हजार, चैत्य छठ पुजाका लागी २९ हजार तथा अतिथी सत्कारमा १० हजार गरी करिब कुल १० लाख ३४ हजार खर्च लाग्ने आयोजकले जनाएको छ । यसैगरी समितिले पुजाका अवसरमा टिकट विक्रिबाट १० लाख, दाताबाट ५० हजार, प्रचार प्रसारबाट ५० हजार, दानपेटिकाबाट एक हजार तथा ब्याजबाट ५० हजार गरी जम्मा अनुमानीत आम्दानी ११ लाख ५१ हजार हुने समितीका महासचिव मोतीलाल गुप्ताले बताउनु भयो । यसैगरी पत्रकार सम्मेलनमा पुजा व्यवस्थापनका लागी गठन गरीएका विभिन्न उपसमितिहरुलाई आआफ्नो कामको जिम्मेवारी पनि दिईएको समितिका महासचिव मोतीलाल बताउनु भयो । पुजा अवधि भरी पोखरीको चार वटै गेटमा दुई/दुई सिसि क्यामेरा जडान गरीने बताउनु भयो । सो अवसरमा सुरक्षा व्यवस्था कडा बनाउनका लागि पोखरी परिसर भित्र र बाहिर नेपाल प्रहरी तथा सशस्त्र प्रहरी गरी करिब २ सयको हराहरीमा प्रहरी परीचालन गरीने जानकारी दिनु भयो । पत्रकार सम्मेलनमा समितीका अध्यक्ष प्रमोद साह कानु, उपाध्यक्ष मदन गुप्ता, कोषाध्यक्ष राकेशराज ढुङ्गाना, सचिव लखनलाल गुप्ता, स्पोटर्स कलवका अध्यक्ष सुशिल साह कानु, प्रचार प्रसारका क्रान्ति साह, प्रणय कुमार लगायतको सहभागिता रहेको थियो ।
No comments:
Post a Comment