बीरगंज २ मंसिर/ तराइवासीको प्रमुख चाड छठ पर्व आजबाट विधिवत रुपमा सुरु भएको छ । कात्तिक शुक्ल पक्षमा विशेष रुपमा सूर्यको पूजा गरी छठ पर्ब मनाइने गरिन्छ । बाँकी समाचार..........
दशैं र तिहार जस्तै तराईवासीका लागि छठ पर्वले विशेष महत्व राखेको छ । केही वर्षयता नेपाली भाषाभाषी तथा कतिपय मुस्लिम समूदायका व्यक्तिहरुले पनि छठ पर्व मनाउन सुरु गरेपछि यस पर्वको आकर्षण अझ बढ्दै गएको छ । चार दिनसम्म मनाइने छठ पर्वको आज पहिलो दिनलाई नाहाय खाय भनिन्छ । आजका दिन ब्रतालुहरुले पबित्र जलाशय खोला, नदी, पोखरीमा नुहाएर शुद्ध भोजन गर्दछन् । पर्वको दोश्रो दिनलाई खर्ना भनिन्छ । खर्नाका दिन दिनभरी उपवास बसेका ब्रतालुहरु सााझ पख स्नान गरी कुलदेवता रहेको कोठामा नयाँ चुल्हो बनाइ प्रसाद तयार गरेर गोवरले भूँई लिपपोत गरी सामग्री राखेर पूजा गर्ने गर्दछन । राती भोग लगाएर प्रसाद ग्रहण गरेपछि ब्रतालुले पूर्ण ब्रत लिनुपर्छ । खर्नाको भोलिपल्ट पर्वको मुख्य दिन हो, जसलाई साझिया घाटे भनिन्छ । त्यस दिन छठघाटमा गएर साँझ अस्ताउादो सूर्यलाई अर्घ दिइ पुजा गरिन्छ । भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्वको समापन हुन्छ । छठमा गँहुको पिठोबाट बनाइएको ठेकुवा, पुडी लड्डु, कसार, पञ्चमेर, पञ्चफल, विभिन्न किसिमका गेडागुडी, जटा नरिवल, कागती, अदुवा, सुथनी, उखु, केरा लगायतका सामग्रीहरु प्रसादका रुपमा चढाइने गरिन्छ ।
No comments:
Post a Comment