Pages

भ्रष्टाचार बिरुद्ध सहित्यीक यात्रा













बीरगंज २ मंसिर/ राष्ट्र र राष्ट्रियताका समर्पित भन्दै हास्यब्यंग मन्च पर्साले भ्रष्टाचार बिरुद्ध सातौ सहित्यीक यात्रा आज बीरगंजमा सम्पन्न  गरेको छ । बाँकी समाचार.......... 
माईस्थानस्थित पिपलको चौतारीमा आयोजित यात्रामा बिभिन्न साहित्यकारहरुले भ्रष्टाचार सम्बन्धी कबिता वाचन गरेका थिए । प्रभात काब्य यात्राका संयोजक कबि अरुणबिक्रम शाहको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा राष्ट्रिय सरोकार मंचका नारायणी अंचल संयोजक नन्दकिशोर गोयल, क्रियाशील यवा पत्रकार मंचका अध्यक्ष प्रणय कुमार, गंगा बहादुर थापा, नेपाल भोजपुरी प्रतिष्ठानका अध्यक्ष मास्टर तारासिंह, मोतीउर रहमान, समिर पाख्रिन, डा.शशि भुषण बर्णवाल, रामसेवक लाल कर्ण, राम प्रसाद तिम्लसिना, अर्जुन घिमिरे लगायतले देशमा ब्याप्त रहेको भ्रष्टाचार तथा दोषीहरुलाई भई रहेको कारवाही सम्बन्धी सन्दर्भमा तैयार पारेका आ–आफ्नो लेख रचनाहरु बाचन गर्नु भएको थियो । मंचमा सहभागि साहित्यकारहरुले भ्रष्ट्राचारीहरुलाई न्यायले बढाएको कारवाही प्रति एक्यबद्धता जनाउदै भ्रष्ट्राचारी नेताहरुलाई सशक्त रुपमा कडा कारावही गर्नुपर्ने बताएका थिए । मंचका अध्यक्ष विनोद तिम्लसिनाको सभापतीत्वमा कार्यक्रम सम्पन्न भएको थियो भने कार्यक्रमको संचालन बालदेव उपाध्यायले गर्नु भएको थियो ।

No comments:

Post a Comment