वीरगंज २ मंसिर/ वीरगंजको घडीअर्वा छठपूजा व्यवस्थापन समितिले आज सुरक्षा समबन्धि अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ । बाँकी समाचार..........
छठ पूजा र दर्शनका लागि घडीअर्वा पोखरी छठ घाटमा आउने ब्रतालु र दर्शनार्थीहरुको सुरक्षाका लागि समितिले आज अन्तरकृया कार्यक्रम गरेको हो । अन्तरकृया कार्यक्रममा प्रहरी वरिष्ठ उपरिक्षक पंकज श्रेष्ठले छठ पर्बलाइ मध्यनजर गरि सुरक्षा निकाय अत्यन्त संवेदनशील रहेको बताउनु भयो । उहााले छठमा घडीअर्वा पोखरीको छठघाटमा सबैभन्दा बढी दर्शनार्थीहरु आउने भएकाले घडीअर्वा छठघाटमा प्रयाप्त सुरक्षाकर्मीहरु परिचालन गरिने जानकारी दिनु भयो । प्रहरी उपरिक्षक पिताम्बर अधिकारीले घडीअर्वा छठघाटको चारवटै प्रवेशद्धारमा मेटल डिक्टेर सहित प्रहरी परिचालन गरिनुका साथै सादा पोशाकमा पनि प्रहरी खटाइने बताउनु भयो । घडीअर्वा छठपूजा व्यवस्थापन समितिका सुरक्षा उपसमितिका संयोजक सुशिल साह कानुले छठघाटमा घडीअर्वा स्पोटर्स क्लबका तर्फबाट ८० जना स्वंवसेवक परिचालन गरिने जानकारी दिनु भयो । समितिका अध्यक्ष प्रमोद साह कानुको अध्यक्षतामा सम्पन्न छलफल कार्यक्रममा सशस्त्र प्रहरी उपरीक्षक नरेन्द्र थापा, ट्राफिक प्रहरी निरिक्षक विज्ञान बस्नेत, बरख गणका गणपति धनबहादुर थापा, छठपूजा व्यवस्थापन समितिका उपाध्यक्ष रामनगीना साह कानु, उपाध्यक्ष मदन साह, महासचिव मोतीलाल साह कानू, सचिव लखनलाल साह, कोषाध्यक्ष राकेशराज ढुंगाना, सरसफाइ उपसमितिका संयोजक शम्भु साह कानु लगायतको पनि उपस्थिती रहेको थियो ।

No comments:
Post a Comment