Pages

बीउमनपाको लापवाहीका कारण नगर दुर्गन्धित


बीरगंज ३० कार्तिक/  तिहार र छठ जस्ता चाडपर्बका बेला पनि सरसफाइको अभावमा वीरगंज नगरको भित्री टोलका सडकहरु फोहर र दुर्गन्धित बनेका छन । बाँकी समाचार.......
वीरगंज उपमहानगरपालिका कार्यालयले नियमित रुपमा सडक र नालाको सरसफाइ नगरेका कारण नगरका विभिन्न स्थान र चोकहरुमा फोहरको थुप्रोले दुर्गन्ध फैलिएको हो । नगरका भित्री टोलका नालाको सरसफाइ नगरिएका कारण पानीको निकास जाम भएर ढल र नालाका पानी सडकमै बगेको छ । घडीअर्वा, अशोकबाटिका, रानीघाट, पानीटंकी, कुम्हालटोल, रामटोल, श्रीपुर लगायतका स्थानमा नालाको फोहोर पानी सडकमै बगेका छन । नालाको पानी ढोकै अगाडी  जमेर ताल बनेका कारण घर भित्र बाहिर गर्न पनि सास्ती भएको घडीअर्वाका स्थानीयवासीले गुनासो गरेका छन । वीरगंंज उपमहानगरपालिका कार्यालयको सरसफाइ शाखामा झण्डै साढे तीन सय कर्मचारीहरु कार्यरत रहेपनि नगरको सरसफाइको अवस्था अत्यन्तै दयनीय रहेको छ । सरसफाइ शाखाका अधिकांश कर्मचारीहरु कामै नगरि हाजीरी मात्र गरेर घर जाने गरेका कारण यस्तो समस्या देखिएको कार्यालयको सरसफाइ शाखामा कार्यरत एक कर्मचारीले बताएका छन ।

No comments:

Post a Comment