Pages

यम पञ्चकको आज अन्तिम दिन भाइटीका
















बीरगंज ३० कार्तिक/ यम पञ्चकको आज अन्तिम दिन तिहारको अवसरमा बीरगंजमा पनि दिदी वहिनीहरुले आफना दाजुभाईको सुख, समृद्धि र दिर्घायुको कामना गर्दै भाइटीका लगाई दिएका छन् ।

बाँकी समाचार....... पर्सा जिल्लामै दिदी वहिनीहरुले आज भाइटीको अवसरमा दाजुभाईको पूर्ण आयुको कामना गर्दै सप्तरङ्गी टीका सहित कहिल्यै नऔल्याउने मखमली फुलको माला लगाइ दिएका हुन । सप्तरङ्गी टीका र मखमली फुलको माला लगाएर दाजुभाईको पूजा गर्दा दाजुभाईको आयु बढने र समृद्धि हुने जनविश्वास रहेको छ । बीरगंजमा भाइटीका पर्व केवल पहाडी समुदायले मात्र नभई मारवाडी समुदायले पनि विशेष आस्थाका साथ मनाउदै आइरहेका छन् । बीरगंज उधोग बाणिज्य संघका अध्यक्ष अशोक टेमानी तथा पूर्व अध्यक्ष्ँ गणेश लाठले पनि विगत २२ बर्षदेखि नेवार परम्परा अनुसार भाइटीका लाउदै आइरहेका छन् । उनीहरु यसलाई निकै पवित्र पुजाको रुपमा लिने गरेको बताउछन् । यसैगरी बीरगंजमा बसोबास गर्ने मधेसी समुदायले पनि यस पर्वलाई बढो श्रद्धाका साथ मनाउने गर्दछन् ।

No comments:

Post a Comment