Pages

स्वदेशी बजारमा पेट्रोलियम इन्धनको अभाव

















बीरगंज ११ मंसिर/  नेपाल आयल निगमले भारतीय आयल निगमको सीमावर्ती रक्सौल शहरमा रहेको डिप्पो मर्मतको कामलाई मध्यनजर गर्दै पर्याप्त परिमाणमा इन्धन जगेडा राख्न नसक्दा स्वदेशी बजारमा पेट्रोलियम इन्धनको अभाव भएको छ । बाँकी समाचार.........
भारतीय आयल निगम (आइओसी) को रक्सौलस्थित पुरानो डिप्पोमा मर्मत सम्भारको काम जारी रहेकाले आइओसीले साबिक भन्दा कम परिमाणमा पेट्रोल आयात हुँदा समस्या उत्पन्न भएको नेपाल आयल निगम क्षेत्रिय कार्यालय, अमलेखगंजले जानकारी दिएको छ । रक्सौलबाट दिनहुँ २३ देखि २४ सय किलोलिटर पेट्रोलियम पदार्थ आयात हुने गरेकोमा अहिले घटेर १४ सय किलोलिटर मात्र आयात हुन थालेको छ । गएको कार्तिक १६ गतेदेखि रक्सौलमा रहेका २ वटा भारतीय डिपोमध्ये एउटामा मर्मत भईरहेको नेपाल आयल निगमका प्रवक्ता मुकुन्द ढुंगेलले बताउनु भयो । राजधानीका पेट्रोल पम्पहरुमा केही दिनदेखि पुन: तेल भर्ने गाडीको लाम लाग्न थालेको छ । सहज रुपमा पेट्रोल पाउन समस्या भएपनि अभाव भने नहुने निगमका अधिकारीहरुको दाबी छ । पेट्रोलियम पदार्थको अभाव हुन नदिन निगममा मौज्दात रहेको तेल वितरण गरिरहेको प्रवक्ता ढुङगेलले बताएपनि बजारमा इन्धनको अभाव देखिन थालेको छ ।

No comments:

Post a Comment