बीरगंज ११ मंसिर/ सर्वसाधारणका लागी ७२ करोड रुपैयाँ मूल्य बराबरको साधारण शेयर जारी गर्न लागेको सिभिल बैंक लिमिटेडले आज वीरगंजका सम्भावित शेयरधनीलाई कम्पनीको वित्तिय अवस्थाबारे जानकारी गराएको छ । बाँकी समाचार..........
होटल भिषवामा आयोजित अन्तरकृया कार्यक्रममा बैंकका वरिष्ठ कार्यकारी अधिकृत गोविन्द गुरुङगले कूल ८० करोडको साधारण शेयरमध्ये सर्वसाधारणका लागी ७२ करोड रुपैयाँ मूल्य बराबरको ७२ लाख कित्ता शेयर जारी गर्न लागिएको बताउनु भयो । बाँकी बैंकका कर्मचारी र म्युचल फण्डका लागी छुट्याइएको छ । बैंकले मंसिर २५ गतेदेखि साधारण शेयरको बिक्री खुल्ला गर्न लागेको बिक्री प्रबन्धक कम्पनी नागरिक लगानी कोषका शेयर शाखा प्रमुख नारायण घिमिरेले जानकारी दिएका छन् । बैंकले जारी गरेको वितिय तथ्यांकमा आर्थिक वर्ष ०६८/६९ र चालू आर्थिक वर्षको पहिलो त्रैमासिक समीक्षा अवधीमा बैंकको खराब कर्जा अनुपात शुन्य प्रतिशतमा रहेको छ । साथै प्रति शेयर आम्दानी पहिलो त्रैमासमा ७.५६ प्रतिशत रहेको बैंकको प्रतिवेदनमा उल्लेख छ । कूल चार अर्ब अधिकृत पूँजी रहेको यो बैंकको जारी पूँजी २ अर्ब र चुक्ता पूँजी १ अर्ब २० करोड रुपैयाँ छ । पछिल्लो समयमा स्थापना भएका चौथो पुस्ताका वाणिज्य बैंकहरुमध्ये अन्तराष्ट्रिय भिसा कार्ड जारी गर्नका लागी स्वीकृत पाउने सिभिल बैंक लिमिटेडले आङ्खनो उत्कृष्ट वितिय कारोबार र अन्तराष्ट्रिय मापदण्डका कारण पहिलो बैंक बन्न सफल भएको कार्यकारी अधिकृत किशोर महर्जनले दाबी गर्नु भयो । बैंकले शाखा बिस्तार, लघु वित्त योजनामा लगानी, घरेलु उद्योग, कृषी, मास्टर कार्ड , इ बैंकिङ र शाखा रहित सेवा लगायतका भावी योजनाहरु बनाएको बैंकका वरिष्ठ कार्यकारी अधिकृत गोविन्द गुरुङगले अन्तरकृया कार्यक्रममा बताउनु भयो । प्रमुख जिल्ला अधिकारी कैलाशकुमार बजिमय, प्रहरी उपरिक्षक पिताम्बर अधिकारी, शिक्षाविद् डा. दीपक शाक्य, उद्योगी विजयकुमार सरावगी लगायतको विशेष उपस्थिति रहेको अन्तरकृया कार्यक्रममा उद्योगी, बैंकर, पत्रकार, सर्वसाधारण र पेशाकर्मीहरुको सहभागीता रहेको थियो ।
No comments:
Post a Comment