Pages

दलहरुको जिल्ला स्तरिय बैठक


बीरगंज ११ मंसिर/ संघीय लोकतान्त्रिक गणतान्त्रिक मोर्चामा आबद्ध दलहरुको जिल्ला स्तरिय बैठकले सहमतीय सरकारका लागि राष्ट्रपतिले गरेको आहवान असंवैधानिक भएको आरोप लगाएको छ । बाँकी समाचार.........
वीरगंजको राणीशती अतिथी सदनमा आज बिहान बसेको मोर्चाको बैठकले राष्ट्रपतिको आहवान असंवैधानिक रहेको भन्दै तत्काल सच्याउन माग गरेको छ । आलंकारीक राष्ट्रपतिले कार्यकारी अधिकार प्रयोग गरेको भन्दै मोर्चाको जिल्ला समितीले राष्ट्रपतिले आफ्नो कदम तत्काल नसच्याए मुलुक ठूलो दुर्घटनामा पर्ने बताइएको छ । मोर्चाले राजनीतिक दुर्घटनाको जिम्मेवारी स्वयम् राष्ट्रपतिले नै लिनुपर्ने चेतावनी समेत दिएको छ । बैठकमा एकीकृत नेकपा माओवादीका क्षत्रबहादुर श्रेष्ठ अनिल, मधेशी जनअधिकार फोरम लोकतान्त्रिककी केन्द्रिय सदस्य करिमा बेगम, फोरम गणतान्त्रिकका महासचिव शशी कपुर मिया, सद्भावना पार्टीका केन्द्रिय सदस्य नेजामुद्दिन समानी, तराई मधेश लोकतान्त्रिक पार्टीका राजेश पटेल लगायतको सहभागीता थियो ।

No comments:

Post a Comment