Pages

नागरिक सरोकार सेवा गठन


वीरगंज २ मंसिर/ वीरगंज–१४ श्रीपुरमा आज नागरिक सरोकार सेवा समाज सुधार उप–समिती गठन भएको छ । बाँकी समाचार.......... 
श्रीपुरस्थित गुलाइची माई टोलमा बिहान भएको स्थानियहरुको भेलाले सुनिल कुशवाहाको अध्यक्षतामा १५ सदस्यीय उप–समिती गठन गरेको हो । समितीको उपाध्यक्षमा उदयलाल चौरसिया, सचिवमा जयकान्त उपाध्याय, सह–सचिवमा निरन्जन चौधरी, कोषाध्यक्षमा ज्ञानेन्द्र लाल कर्ण रहेका छन् । त्यस्तै सदस्यमा भुषण यादव, साबिर अहमद, प्राणनाथ कसजु, ललिता देबी साह, ओम प्रकास साह, भुपेन्द्र तिवारी, नारायण खड्का, भरत नेपाल, चोकट साह, संजय महासेठ रहेका छन् । यसैविच नवगठित समितीले आज बिहान टोलको सरसफाई गरेको छ ।


No comments:

Post a Comment