वीरगंज २ मंसिर/ बाराको सिमरा स्थित रेडियो सिमराले आफनो चौथो वार्षिक उत्सवको अवसरमा आज रक्तदान कार्यक्रमको आयोजना गरेको छ । बाँकी समाचार..........
रेडियो परिसरमा आयोजित रक्तदान शिवीरमा ४५ जनाले रक्तदान गरेका छन् । रक्तदान गर्नेहरुम्मा रेडियो सीमराका अध्यक्ष पुरुषेत्तम पौडेल, सन्दीप ठाकुर, धर्म बहादुर श्रेष्ठ, पुण्यमाता गौतम, समिना भट्टराई, तेजकुमारी पराजुली, रामचन्द्र लामा रहेको ब्लड डोनर्स एसोसियसन पर्साका सदस्य अरवीन्द सिंहले जानकारी दिनुभयो । शिविरमा ब्लड डोनर्स एसोसियसन पर्साका सचिव सरोज खड्काको पनि उपस्थिती रहेको थियो । कार्यक्रममा ११ जनाले नेत्रदान गर्ने घोषणा समेत गरेको रेडियो सिमराका निर्देशक सत्येन्द्र श्रेष्ठले जानकारी दिनु भयो ।
No comments:
Post a Comment