Pages

विभिन्न कार्यक्रम गरी कर दिवस मनाईयो


बीरगंज १ मंसिर/  प्रथम् कर दिवसका अवसरमा आज वीरगंजमा विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । बाँकी समाचार..........
वीरगंजको आदर्शनगरस्थित आन्तरिक राजश्व कार्यालय परिसरमा आयोजित सभालाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी कैलाश प्रसाद बजिमयले कर प्रणालीमा आधुनिकीकरण र सुधारबाट मात्र सुधार सम्भव नभएको बताउनु भयो । कार्यक्रमका सभापति वीरगंज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अशोक वैद्यले राज्यलाई कर मार्फत ठूलो योगदान पुर्‍याई रहेको निजी क्षेत्रलाई राज्यले उचित सम्मान् दिन नसकेको गुनासो गर्नुभयो । संघका पूर्व अध्यक्ष ओमप्रकाश सिकारियाले राज्यको कर प्रणालीका साथै कर कार्यालयका कर्मचारीहरुको व्यवहारमा समय सापेक्षरुपमा परिवर्तन् आएकोमा खुशी व्यक्त गर्नुभयो । संघका कोषाध्यक्ष प्रदीप केडियाले पर्सामा कर कार्यालयमा दर्ता भएका मध्ये पचास प्रतिशत कर दाता सम्पर्कमा नरहेको अवस्थाले आर्थिक क्षेत्रमा समस्या ल्याउन सक्ने भन्दै तत्काल त्यसबारे छानबिन गर्न आग्रह समेत गर्नुभयो । कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक पंकज श्रेष्ठले प्रत्येक नागरिकले कर र यसको महत्वबारे जानकारी लिनुपर्ने धारणा व्यक्त गर्नुभयो । कार्यक्रममा पर्साका प्रहरी उपरीक्षक पिताम्बर अधिकारी, बाराका दानसिंह बोहोरा, सशस्त्र प्रहरी उपरीक्षक नरेन्द्र थापाका साथै चार्टर्ड एकाउन्टेण्ट, कर दाताका सहयोगी, करदाता र सर्वसाधारण लगायतको उपस्थिति रहेको थियो । प्रथम कर दिवसका अवसरमा आज वीरगंजमा सचेतना मूलक र्‍यालीको आयोजना गरिएको थियो । आदर्शनगरस्थित आन्तरिक राजश्व कार्यालयबाट निस्किएको र्‍याली घडिअर्वा, माईस्थान चोक हुदै  घण्टाघर चोकको परिक्रमा पछि मेनरोड, आदर्शनगर हुँदै पुन: कार्यालय परिसरमा पुगेर समापन भएको थियो । र्‍याली मा कर दाता, कर अधिकृत, विभिन्न संघ संस्थाका प्रतिनिधी, प्रहरी प्रशासनका प्रतिनिधी र बिद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

No comments:

Post a Comment