Pages

६० किलो ग्राम गाजा बरामद


बीरगंज १ मंसिर/ पर्साको सबैठवाबाट गएराती प्रहरीले ६० किलो ग्राम गाजा बरामद गरेको छ । बाँकी समाचार..........
सबैठवाको लक्ष्मीपुरमा रहेको प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक मुक्तिनारायण यादवको नेतृत्वमा खटिएको गस्ती टोलीले सबैठवा गाविस वडा नम्बर २ बाट ६ ओटा पोकामा रहेको ६० किलो ग्राम गाजा बरामद गरेको हो । मुडली गाविसको तिनडोबिया टोलबाट गाजा भारत तर्फ लगीरहेको अवस्थामा प्रहरीले बरामद गरेको हो । प्रहरीको गस्ती टोलीलाइ देखेपछि तस्करहरु गाजा छोडेर फरार भएको प्रहरीले दाबी गरेको छ । बरामद गरिएको गाजा इलाका प्रहरी कार्यालय पोखरीयामा राखिएको प्रहरी निरिक्षक खेमनाराणय चौधरीले जानकारी दिनु भयो ।

No comments:

Post a Comment