Pages

छठको सामग्रीहरु किनमेल गर्ने व्रतालुहरुको घुइचो

















बीरगंज १ मंसिर/ वीरगंजको बजारमा छठ पूजाको सामग्रीहरु किनमेल गर्ने व्रतालुहरुको घुइचो लाग्ने गरेको छ । बाँकी समाचार......
छठ पूजामा आवश्यक पर्ने नारियल, स्याऊ, केरा, उखु, सुन्तला, अदुवा, मुला, दाउरा, नाङ्लो, निम्बु, पानको पात, अरुवा, सुथनी, केराऊ, फर्सी, दुध, लाइची, सुपारी, बाासको टोकरी, नाङलो सुपली लगायतका सामाग्रीहरु किन्नेहरुको भिडभाड बढेको छ । यसैगरी छठ पर्बमा नया नयाा लुगा लगाइने भएकाले कपडा पसलहरुमा पनि किनमेल गर्ने  ग्राहकहरुको घुइचो लागेको छ । त्यसैगरी भाकल पूरा भएको भन्दै कोशीको लागि माटोको हातीको भाडो, चौमुखा बती, खानेतेल, चिनी, मायदा, छोहरा, बदाम, किसमिस लगायतको सामग्रीहरु किनमेल गर्न छठ व्रतालु महिलाहरुको भिड लाग्ने गरेको छ ।

No comments:

Post a Comment