Pages

छव पर्वको आज दोश्रो दिन खरना















बीरगंज ३ मंसिर/ तराईबासिले मनाउने महान् पर्व छठको आज दोश्रो दिन खरना गरिने भएको छ । बाँकी समाचार.........

हिजो पहिलो दिन नहान खान गरी शुद्ध भई ब्रत बस्न सुरु गरेका ब्रतालुहरुले आज दिनभरि एकथोपा पानी समेत नखाइए बेलुकी पख दूध र सक्खरमा बनाईएको खिर र रोटी खाई खरना गर्दछन, जसलाई रसियाव रोटी पनि भन्ने गरिन्छ । भोली तेश्रो दिन साझपख सुर्यदेवतालाइ अर्घ दिईन्छ । छठी माताको आराधना गर्दा चर्मरोगको नाश तथा पारिवारिक सु:ख समृद्धि हुने धार्मिक बिश्वास रहेको छ । नेपालको तराई क्षेत्र तथा उत्तरी भारतमा मनाईने छठ पर्व आजकल पहाडी क्षेत्र तथा काठमाण्डौमा समेत धुमधामका साथ मनाइने गरिएको छ । निकै कठिन मानिने यो पर्वका चार दिनमध्ये दुई दिन व्रतालुहरु अन्नपानी नखाइ भोकै बसी ब्रत गर्दछन । तराई क्षेत्रमा हर्षोल्लासका साथ मनाउनका लागि बीरगंजको घडीअर्वा, रानीघाट, राधेमाईटोला, नगवा, छपकैया, श्रीपुर लगायतका पोखरी तथा नदिमा छठ घाट बनाउने र सजाउने कार्य तिब्र गतिमा भईरहेको हाम्रा सहकर्मी प्रणय कुमारले बताएका छन् ।

No comments:

Post a Comment