बीरगंज ११ मंसिर/ सवारी चालकहरु सँग जबरजस्ती कर असुली गरेको आरोपमा सोमबार प्रहरीले एकजनालाई पक्राउ गरेको छ । बाँकी समाचार.........
वडा प्रहरी कार्यालय श्रीपुरले पर्साको लिपनीबिर्तामा विश्वकर्मा सिमेन्ट उद्योगको मूल गेट बाहिर सवारी कर असुली रहेको अवस्थामा भोज साह कलवारलाई पक्राउ गरेको हो । लिपनीबिर्ता गाविसले सवारी कर वापत नेपाली दर्ता नम्बर भएका गाडीलाई २० र भारतीय गाडीका लागी एक सय रुपैयाँ तोकेको भएपनि कलवारले नेपाली गाडीका चालकसँग एक सय र भारतीय गाडीका चालक सँग दुई सय रुपैयाँ जबरजस्ती असुली गरिरहेको गुनासो आएपछि रसिद सहित उसलाई पक्राउ गरिएको प्रहरी निरिक्षक विनोद धितालले बताउनु भयो ।
No comments:
Post a Comment