Pages

जीवन उपयोगी सिप मुलक तालिम


बीरगंज ११ मंसिर/ स्थानीय विकास अधिकारी गजेन्द्र कुमार ठाकुरले सरसफाईमा आम नागरिकमा पर्याप्त सचेतना नहुँदा राज्यले प्रत्येक वर्ष कुल गार्हस्थ उत्पादनको करिब ८ प्रतिशत आर्थिक भार व्यहोर्न बाध्य हुनु परेको बताएका छन् । बाँकी समाचार..........
सामुदायीक विद्यालयका शिक्षकका लागी आयोजित जीवन उपयोगी शीप मुलक सरसफाई तालिमको आज समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, सरसफाईबारे दुई दशक अघि नै जनजागरणका प्रयास भएको भए अहिले राज्यले अनावश्यक रुपमा लगानी गर्नुपर्ने अवस्था कायम रहने थिएन । स्थानीय विकास अधिकारी ठाकुरले मध्य तराईको पर्सादेखि सर्लाही सम्मका कुनै पनि गाविस अहिलेसम्म खुल्ला दिशा मुक्त हुन नसकेको जानकारी दिनु भयो । पर्सा जिल्लालाई सन् २०१३ सम्ममा खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गर्ने योजना भएपनि यो योजनाको कार्यान्वयनको अवस्था ज्यादै फितलो रहेको छ । केही घरमा चर्पी बनेको दाबी गरिएपनि ती चर्पीहरु प्रयोगमा आउन नसकेकाले कार्यक्रमको सफलतामै प्रश्न उठेको छ । पर्साको ठोरी, सुवर्णपुर, मुडली, लंगडी र धोवीनी गाविसमा रहेका सामुदायीक विद्यालयका विद्यार्थी र शिक्षकको समेत परिचालन गरेर खुला दिशा मुक्त क्षेत्र बनाउने अभियान शुरु गरिएको छ ।

No comments:

Post a Comment