Pages

वृद्धवृद्धालाई कम्बल तथा फलफूल वितरण






























बीरगंज ८ मंसिर/ वीरगंज यूवा देउसी भैलो समितीले आज एक समारोहका बीच असहाय वृद्धवृद्धाहरुलाई कम्बल तथा फलफूल वितरण गरेको छ । बाँकी समाचार..........
वीरगंजको बिर्तास्थित त्रिजुद्ध माध्यमिक विद्यालय परिसरमा आयोजित कार्यक्रममा ३० जना बृद्धबृद्धाहरुलाई कम्बल र फलफूल वितरण गरिएको हो । बीरगंज युवा देउसी भैलो समितीका सदस्य कमल चौलागाइ सभापतित्वमा सम्पन्न कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी कैलाशकुमार बजिमय, प्रहरी उपरीक्षक पिताम्बर अधिकारी, सशस्त्र प्रहरी उपरीक्षक नगेन्द्रर थापा, राष्ट्रिय अनुसन्धानका उपरीक्षक राजेन्द्र जिसी, वीरगंज भन्सार प्रमुख रामहरि अर्याल, नारायणी उपक्षेरीत्रय अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा.बिके झा, डा. श्याम सुन्दर दास, डा.मुकेश अग्रवाल र डा. लक्ष्मी थापाले देउसी भैलो समितीका तर्फबाट राहत सामाग्री वितरण गर्नुभएको हो । कार्यक्रममा सहभागी अतिथीहरुले देउसी भैलोका नाममा विकृती भित्रिएका बेला यूवाहरुले गरिब असाहयलाई गरेको सहयोग उदाहरणीय र प्रेरणादायी बन्ने विश्वास व्यक्त गरेका छन् । देउसी भैलोका माध्यमबाट संकलित २५ हजार रुपैयाँबाट ती असाहाय बृद्धबृद्धालाई राहत सामाग्री खरिद गरेर वितरण गरिएको देउसी भैलो समितीका सदस्य कमल चौलागाइले जानकारी दिनुभएको छ । कार्यक्रमको सञ्चालक देउसी भैलो समितीका संयोजक दिलीपराज कार्कीले गर्नुभएको थियो ।

No comments:

Post a Comment