वीरगंज २८ बैशाख/ दोहोरो बन्दले पर्साको जिल्लाको जनजीवन विहानै देखि प्रभावित भएको छ ।
ब्राम्हण, क्षेत्री, राजपुत, ब्रम्ऋषी, चित्रगुप्त, दशनामी समाज लगायतकाको संयुक्त संघर्ष समिति र राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनले आह््वान गरेको बन्दले जनजीवन प्रभावित भएको हो । बिहानैदेखि दुबै बन्दकर्ताले बन्द सफल बनाउन वीरगजमा प्रदर्शन गरी रहेका छन् । ब्राम्हण क्षेत्रीको समितिले विहीबार र शुक्रबार गरी दुई दिन नेपाल बन्द आह्वान गरेको छ । बन्दका कारण बिहानैदेखि वीरगंज बजार खुलेको छैन । शिक्षणसंस्था, कलकारखाना, यातायातका साधन बन्द रहेका छन् । राज्यपुर्नसंरचनामा जाति, भाषा, धर्मको आधारमा नगरी भौगोलिक निकटता, प्रशासनिक अनुकुलता, स्रोत र साधनको आधारमा गर्नु पर्ने लगायतको माग राखी ब्राम्हण, क्षेत्री, राजपुत, ब्रम्ऋषी, चित्रगुप्त, दशनामी समाज लगायतकाको संयुक्त संघर्ष समितिसमाजले बन्द आह्वान गरेको हो । त्यसैगरी, र्संविधानमा मुस्लिम समुदायको पृथक पहिचानलाई सुनिश्चित गरिनु पर्ने, सवैधानिक मुस्लिम आयोग गठन, राज्यपुर्नसंरचनामा मुस्लिम पहिचान सहितको संघियता, पूर्ण समानुपातिक समावेशिकरण, पूर्ण समानुपातिक निर्वाचन प्रणाली लगायतको माग राखी मुस्लिम गठबन्धनले बन्द आह्वान गरेको हो । यसैबिच मुस्लिम बन्दकर्ताहरुले आआफ्नो पसलमा जर्बजस्ती बन्द गराएको भन्दै त्यसको बिरोधमा नगरका खुदरा व्यापारीहरुले जिल्ला प्रशासन कार्यालयमा पुगी प्रमुख जिल्ला अधिकारीसंग शान्ति सुरक्षा माग गरेका थिए । उनीहरुले पटकपटकको बन्दले व्यापार प्रभावित भएको र सर्वसाधारण आजित भएकाले आफूहरुले निर्वाध रुपले व्यापार गर्न पाउनु पर्ने मागपनि गरेका थिए ।

No comments:
Post a Comment