वीरगंज २७ बैशाख/ आम हड्ताल सफल बनाउनका लागी दुई बेग्ला बेग्लै संगठनले बुधबार सााझ मशाल जुलुस प्रदर्शन गरेका छन् ।
ब्राहमण क्षेत्री ठकृुरी संयुक्त संघर्ष समिती र संयुक्त मुश्लिम संघर्ष गठबन्धनले बेग्ला बेग्लै मशाल जुलुस प्रदर्शन गरेका हुन् । प्रहरीले मशाल जुलुसमा हस्तक्षेप गर्ने चेतावनी दिएपछि प्रदर्शनकारीले प्रहरीलाई छल्दै नगरको बेग्ला बेग्लै स्थानबाट मशाल जुलुस निकालेका थिए । घण्टाघर चोकबाट मशाल जुलुस निकालिने पूर्व सुचनाका आधारमा घण्टाघर चोकमा ठूलो संख्यामा प्रहरी तैनाथ भएपनि संयुक्त संघर्ष समितीले लिंक रोड, पान मण्डी, पावर हाउस चोकबाट मशाल जुलुस निकालेको थियो । मुश्लिम संघर्ष गठबन्धनले घण्टाघर, मदर्शा गल्ली र आदर्शनगरबाट बेग्ला बेग्लै मशाल जुलुस प्रदर्शन गरेको छ । आधा घण्टाको अन्तरालमा बेग्ला बेग्लै स्थानबाट एक साथ मशाल जुलुस निकालिएका कारण हस्तक्षेप गर्न प्रहरीलाई हम्मेहम्मे परेको थियो । प्रहरीले केही प्रदर्शनकारी माथि लाठ्ठी चार्ज गर्दै मशाल नियन्त्रणमा लिएको छ । संयुक्त संघर्ष समितीले वैशाख २८, २९ र संयुक्त संघर्ष गठबन्धनले २८ गते आम हड्तालको आह्वान गरेको छ । जातीय प्रदेश र जातीय अग्राधिकार विरुद्ध ब्राह्मण क्षेत्री ठकुरी संयुक्त संघर्ष समिती र नयाा संविधानमा बेग्लै जातीय पहिचान र मुश्लिम आयोग गठनको मागलाई लिएर संयुक्त मुश्लिम संघर्ष संगठनले आम हड्तालको आह्वान गरेको हो ।

No comments:
Post a Comment