Pages

प्रहरी जवानलाई सदरमुकाम ल्याइयो

बीरगंज २२ बैशाख/  पानीको मुहानको बिषयलाई लिएर नेपाली र भारतीय जनताबिच बिहीबार भएको झडपपछि तनावग्रस्त भएको ठोरी शुक्रबार शान्त रहेको छ ।
भारतीय जनताको कुटाईबाट गम्भिर घाइते भएका इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी जवान कृष्ण सुवेदीलाई थप उपचारका लागि शुक्रबार सदरमुकाम वीरगंज पठाइएको छ । टाउकोमा गम्भिर चोट लागेका सुृवेदीको टाउकोको एक्सरे र सिटीस्क्यान गर्नु परेकाले उनलाई वीरगंज पठाइएको हो । विहीबार साझ करीब साढे ६ बजे भारतीयहरुले घेरा हाली सुवेदी उपर अन्धाधुन्ध लाठी प्रहार गरेपछि उनी गम्भिर घाइते भएका थिए । ठोरी स्वास्थ्य चौकीमा विहीबार राति उनको टाउको समेत शरिरका बिभिन्न भागमा गरी १६ वटा टाँका लगाइएको थियो । भारतीयकै आक्रमणमा परी भारतीय सुरक्षा फौज एसएसबिका प्रहरी निरीक्षक रणविर सिंहको टाउको पनि फुटेको थियो । हाल विहीबारको तनावपछि स्थिति झनै बिग्रीने भएकाले केही दिनको अन्तरालपछि स्थानीय स्तरमै द्विदेशिय अधिकारीहरुको छलफल गरीने प्रनि चौधरीले बताए । नेपाली पक्षले उपभोग गर्दै आएको पानीको मुहान विहीबार सीमावर्ती भारतीय गाउका जनताहरुको समूहले नेपाली भूमीमा प्रवेश गरेर भत्काएर एकलौटी बनाएपछि त्यहा तनाव भएको थियो ।

No comments:

Post a Comment