Pages

मुस्लिम द्वारा बीरगंजमा जुलुस प्रदर्शन


















वीरगंज २३ बैशाख/  राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धन पर्साले दोश्रो चरणको आन्दोलन अन्तरगत आज वीरगंजमा जुलुस प्रर्दशन र कोणसभाको आयोजना गरेको छ ।
मुस्लिम समुदायले राज्य पुर्न संरचनामा मुस्लिम पहिचान सहितको संघियता लगायतको माग सहित गठबन्धनले जुलुस र कोणसभाको आयोजना गरेको हो । गठबन्धन पर्साका अध्यक्ष महम्मद मियांको नेतृत्वमा वीरगंजको घण्टाघरचौकबाट निकालिएको जुलुसले माईस्थान, आर्दशनगर, अलखियामठ, अघिअर्वा हुदै पुन घण्टाघर चौकमा पुगि कोणसभामा परिणत भएको थियो । कोणमा सभासद करिमा बेगम, बाबुजान अलि लगायतले आफनो मागबारे सरकारलाई ध्यानकर्षण गरेका हुन । गठबन्धनले मुस्लिम समुदायको पृथक पहिचान, सविधान मुस्लिम आयोग, मौलिक हक, राज्य पुनसंरचनामा मुस्लिम पहिचान सहितको संघियता लगायतको मागहरु अगाडी सारी आन्दोलनमो उत्रिएका हुन । गठबन्धनले पहिलो चरणको आन्दोलनमा सम्बन्धीत निकाय र नया सविधानमा सुनिश्चित गर्नेतर्फ पहल नगरेकोले दोश्रो चरणको आन्दोलनमा उत्रिएका हुन ।

No comments:

Post a Comment