वीरगंज १२ जेष्ठ/ नया बन्ने संबिभानमा बरई चौरसियालाई ससम्मान जातिय पहिचान कायम हुने गरी समानताको आधारमा आदिवासी जनजातीमा सुचिकृत गर्नु पर्ने लगायत बिभिन्न ३ सुित्रय माग सहित नेपाल बरई चौरसिया सेवा समिति पर्साले आज प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।
आफ्ना तीन सुत्रीय मागहरु पुरा गर्न र नयाा संविधान जेठ १४ गते नै जारी गर्नुपर्ने भन्दै प्रधानमन्त्री लगायत राष्ट्रपति र सभामुखलाई पनि ज्ञापन पत्र बुझाइएको समितिका केन्द्रिय अध्यक्ष राम विनय चौरसियाले जानकारी दिनुभयो । यसैविच सिख समुदायले पनि आफ्ना विभिन्न मागहरु अघि सार्दै आजै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । नयाा बन्ने संविधानमा अल्पसंख्यक घोषणा गर्नुपर्ने, विशेष अग्राधिकार र आरक्षणको व्यवस्था गर्नुपर्ने लगायतका माग राख्दै संघर्ष समितिका अध्यक्ष जसपाल सिंहको टोलीले पर्साका प्रमुख जिल्ला अधिकारी शम्भु कोइाराला मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो ।
No comments:
Post a Comment