वीरगंज १२ जेष्ठ/ सिरहाका अग्नि पिडितलाई वीरगंजका मारवाडी समुदायहले राहत समाग्री वितरण गर्ने भएका छन ।
मारवाडी सेवा ट्रस्ट वीरगंजले आज वीरर्गंजको रानीसतीमा आयोजना गरेको पत्रकार सम्मेलनमा आगलागिबाट घरबार विहिन भएका ५ सय परिवारको आवास निर्माणका लागि करिब १० लाख मुल्य बराबरको १ सय ५० बन्डल ककर्ट पाता र आवश्यक पर्ने बाँस पनि राहत स्वरुप वितरण गर्ने ट्रस्टका अध्यक्ष हिरालाल केडियाले जनाउनु भएको छ । मुलुकलाई आवश्यक परेको वेलामा अन्य सहयोगको साथै समाजिक उतरदायित्व पुरा गर्न समुदाय तत्पर रहेको अध्यक्ष केडियाले बताउनु भयो । पत्रकार सम्मेलनमा उद्योगी बाबुलाल चाचान, रामऔतार खण्डेवाल, वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष अशोक टेमानी, पूर्व अध्यक्ष गणेश लाठ, उद्योगी विश्वनाथ गोयन्का र ऋषी प्रधान लगायतको उपस्थिती रहेको थियो । आगलागि पिडितहरुलाई विशाल ग्रुप द्धारा पनि १ सय बन्डल कर्कटपाता सहयोग स्वरुप प्रदान गर्ने भएको छ । राहत समाग्री वितरणका लागि मारवाडी सेवा ट्रस्टका अध्यक्ष केडियाको नेतृत्वमा १४ सदस्यीय टोली भोलि घटनास्थल जाने भएको छ ।
No comments:
Post a Comment