वीरगंज १२ जेष्ठ/ बृहत मधेशी मोर्चाले गरेको अनिश्चितकालीन तराई बन्दका कारण मधेशका जिल्लाहरुको जनजीवन थप कष्टकर बन्दै गइरहेको छ ।
मोर्चाको बन्दको कारण आज आठौ दिन पर्सा जिल्लाको जनजिवन प्रभावित बन्दै गईरहेको छ । बन्दलाई सफल बनाउनका ठूलो संख्यामा रहेका मोर्चामा आबद्ध कार्यकर्ताहरुले विभिन्न नारा लगाउदै वीरगंज नगर परिक्रमा गरेका छन । मोर्चाका कायृकर्ताहरुले पर्सा सदरमुकाम वीरगंज केन्द्रित आन्दोलन गरिरहेकाले वीरगंज बजार, शिक्षण संस्था, उद्योग तथा सवारी साधनहरु पूर्णरुपले बन्द रहेका छन् । आज बिहान बन्द समर्थकहरुले घण्टाघर चोक नजिकै यात्रुका प्रतिक्षामा बसेको टेम्पोमा तोडफोडको प्रयास गरेपछि प्रहरीले हस्तक्षेप गर्दै बल प्रयोग गरेको थियो । बन्दको अवज्ञा गरेको भन्दै बृहत मधेशी मोर्चाका कार्यकर्ताले वीरगंजमा गएराति एक मालबाहक ट्रकमा आगजनी गरेका छन । पदमरोडस्थित जिल्ला विकास समिति कार्यालय अगाडिको सडकमा बन्दकर्ताहरुले ना ३ ख ९०२९ नम्बरको ट्रकमा राति साढे १० बजे आगजनी गरेका हुन । आगजनीका कारण ट्रकमा रहेको त्रिपाल जलेर नष्ट भएको छ । आगजनी लगत्तै प्रहरीको टोली पुगेर निभाएका कारण बढी क्षति नभएको पर्साका प्रहरी उपरिक्षक पिताम्बर अधिकारीले बताउनु भयो । गएराति बन्दकर्ताहरुले वीरगंजको बाइपास रोड, पदमरोड, गण्डक, परवानीपुर लगायतका स्थानमा करिब ५० ओटा सवारीसाधनमा तोडफोड गरेको बृहत मधेशी मोर्चा पर्साले जनाएको छ ।
No comments:
Post a Comment