बीरगंज १ जेष्ठ/ रक्तदान जीवन दान भन्ने नाराका साथ युवा संघ नेपाल पर्साले आयोजना गरेको रक्तदान कार्यक्रम आज बीरगंजमा सम्पन्न भएको छ ।
घण्टाघर चोकमा आयोजित रक्तदान कार्यक्रममा ६१ जनाले रक्तदान गरेका हुन । रक्त संचार केन्द्रमा रगतको अभाव देखिएकोलाई मध्य नजर गर्दै रक्तदान कार्यक्रमको आयोजना गरिएको युवा संघ नेपाल पर्साका सचिव अजय कुश्वाहाले बताउनु भएको छ । रक्तदान गर्नेहरुमा नागेन्द्र यादव, युवराज पाण्डे, निरन्जन कुश्वाहा, भुषण यादव, मनिष पौडेल, नरेन्द्र गिरी, मोहमद साहेब अन्सारी, अनिल महतो, गिरीराज दाहाल, अबिनाश कुमार राउत, सम्झना अधिकारी, मनिषा दनुवार लगायत लगायतका रहेका छन । रक्तदाताहरुलाई नेकपा एमालेका बैकल्पीक केन्द्रिय सदस्य रामचन्द्र साहले युवा संघ नेपालको तर्फबाट प्रशंसा सहितको प्रमाण पत्र बितरण गर्नु भएको थियो । रक्तदान गर्नेहरुमा राजनितीक दलका कार्यकर्ता, बिद्यार्थी, स्वतन्त्र बिधार्थी युनियनका कार्यकर्ता लगायतको सहभागीता रहेको थियो । नेकपा एमाले पर्साका अध्यक्ष मनोज कुमार कुश्वाहाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पर्साका केन्द्रीय सदस्य अरबिन्द सिंह, क्षेत्र नम्बर २ का क्षेत्रिय सदस्य बिचारी यादव लगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

No comments:
Post a Comment